काठमाडाैं- अभिनेता अनुपविक्रम शाहीले फिल्ममा भिलेन र हिरो दुबैखाले भूमिका निर्वाहा गरेका छन् । ‘पुरानो बुलेट’, ‘वीर विक्रम’, ‘वीरांगना’, ‘जाइरा’, ‘कप्स’ लगायतका फिल्ममा उनले हिरो अर्थात् सकारात्मक भूमिका निभाए । ‘कृ’, ‘रानी’, ‘जय शम्भु’, ‘किंग’ लगायतका फिल्ममा उनी भिलेनको भूमिकामा प्रस्तुत भएका थिए । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘पासवर्ड’ मा पनि उनी खतरनाक भिलेनको भूमिकामा देखिएका छन् ।
तर, उनलाई हिरोको भूमिकामा दर्शकले खासै रुचाइएको पाइँदैन । भिलेनको भूमिकामा भने उनको कामको निकै प्रशंसा हुने गरेको छ । तात्तातो उदाहरण फिल्म ‘कृ’ हो । यसमा उनी अभिनेता अनमोल केसीमाथि नै भारी परेका थिए । पर्दामा अत्याचारीको भूमिकामा राम्रो तारिफ बटुल्ने उनको अहिले नेपाली फिल्ममा लोभलाग्दो डिमान्ड छ, नेगेटिभ रोलमा । त्यसैले पारिश्रमिक पनि चर्को बुझ्छन्, उनी । एक फिल्मको ७ देखि ८ लाखसम्म !
तर, उनको एउटा कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जालमा निकै एक्टिभ रहने उनले फेसबुक, ट्वीटर, इन्स्टाग्राम र इमेल चलाउन म्यानेजर राखेका छन् । यो कुनै मनगणन्ते कुरा होइन । अनुप स्वयंले यसको खुलासा गरेका हुन् । बिहीबार राजधानीमा फिल्म ‘पासवर्ड’ को प्रिमियर राखिएको थियो, जहाँ बलिउड अभिनेत्री सन्नी लियोनी उपस्थिति भएकी थिइन् । अनुप पनि फेसनेबल लुकमा ठाँटिएर पुगेका थिए ।
सन्नी प्रिमियरमा उपस्थिति हुनुभन्दा केही समय अगाडि आकर्षक रुपमा सजाइएको स्टेजमा उद्घोषिकाले फिल्मका कलाकारसँग केही समय भलाकुसारी गरिन् । स्टेजमा फिल्मका कलाकारहरु अनुपविक्रम शाही, विक्रम जोशी विक्की, परि राना, रविन्द्र झा र निर्देशक सम्राट बस्नेत थिए । उद्घोषिकाले कलाकार र निर्देशकलाई फिल्मको थिमअनुसार आफ्नो फेसबुक र इमेलको पासवर्ड खुलाउन आग्रह गरिन् ।
तर, कसैले आफूले चलाउने सामाजिक सञ्जालको पासवर्ड सार्वजनिक गर्न चाहेनन् । सबैले पासवर्ड गोप्य नै राख्नुपर्ने बताए । तर, अनुपको जवाफ अनौठो थियो । उनले फेसबुक, इमेल, इन्स्टाग्राम र ट्वीटर आफूले नचलाउने र त्यसका लागि म्यानेजर राखेको बताए । उनको यो खुलासाले प्रिमियरमा उपस्थित धेरैलाई रिंगटै लाग्यो । धन्न स्टेजमा सन्नी थिइनन्, नत्र उनले नेपाली कलाकारको प्रगति देखेर बलिउड नै छाड्ने थिइन् !
अनुपले फिल्मी करिअर सुरु गरेको करीब एक दशक भयो । तर, आजसम्म उनले आफ्नै काँधमा बोकेर कुनै फिल्म सफल बनाउन सकेका छैनन् । हिरो होस् वा भिलेन, उनका सबै फिल्मले निर्माता डुबाएका छन् । भलै, उनको डिमान्डमा त्यसले असर गरेको छैन । ‘फ्लप हिरो’ को ट्याग बोकेर हिँडिरहेका उनले फेसबुक चलाउन म्यानेजर राख्न थालेपछि अहिलेका चल्तीका अभिनेता अनमोल केसीले वरिपरि बडिगार्ड लिएर हिँड्नु के आश्चर्यको कुरा भयो र ?
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस