काठमाडौँ : नेवारी संस्कृति र खानाको स्वाद लिने हरुका लागि पोखराको मालेपाटनमा नेवाः लहना रेस्टुरेन्ट खुलेको छ ।काठमाडौको ऐतिहासीक नेवारी बस्ती कीर्तिपुरको थंवाहमा रहेको नेवा लहना ब्रान्च पोखरामा खुलेको हो । नेवा शब्दको नेपाली अर्थ सभ्यता रहेछ । यसलाई अनुसरण गर्दै आफ्नो सस्कृति र रहनसहनलाई प्रत्यक्ष रुपमा देखाई खानाका सोखिनहले खोजेको सम्पूर्ण नेवारी परिकारहरु उपलब्ध गराउनको लागि पोखरा खुलेको कुरा संचालकहरुले बताएका छन् । नेवारी संस्कृति पहिचानलाइ समेत ध्यानमा राख्दै नेवारी खानको पारखिहरुको लागि पर्यटकीय नगरी पोखरामा नेवाः लहना रेस्टुरेन्ट खोलिएको हो ।
नेवारी अर्गानीक खाना देखि आधुनिक बजारमा पाइने नेवारी खानको परिकारहरु उक्त रेस्टुरेण्टमा उपलब्ध रहेका छन् । पर्यटकीय नगरी पोखरामा देश बिदेशका आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै नेपाली खाना, सस्कृति र पहिचानलाइ विश्वसामु समेत परिचित गराउने उदेश्यले उक्त रेस्टुरेन्ट खोलिएको हो । देशभर विभिन्न मेला महोत्सबहरु गर्दै कला सस्कृति र स्थानिय उत्पादनलाइ अगाडी बढाउदै गरेको सस्था औधोगिक शान्ति नेपाल सस्थाका युवाहरुको समूह तथा सुनिल महर्जनले संयुक्त रुपमा उक्त रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस