काठमाडाैं-अभिनेत्री रेखा थापाले हलका कारण पनि नेपाली फिल्म असफल हुने गरेको बताएकी छन्। अनुहार नै नबुझिने पर्दा, बस्नलाई राम्रो कुर्सी नहुने र राम्रोसँग सरसफाइ नै नहुने हलले दर्शक भड्काएको उनको आरोप छ। बिहीबारबाट बानेश्वरमा रहेको आइप्लेक्स हलमा सञ्चालनमा आएको वान सिनेमाज् हलको उद्घाटन कार्यक्रममा उनले दर्शकलाई आकर्षित गर्न देशभर स्तरिय हल सञ्चालन हुनुपर्ने बताइन्।
उनले भनिन्, ‘नेपाली फिल्म नचल्नुमा म हलको पनि दोष देख्छु। महँगो मुल्यमा टिकट काटेपछि राम्रोसँग फिल्म हेर्न पाउनु दर्शकको अधिकार हो। तर, अझै पनि नेपालमा राम्रोसँग आवाज र कलाकारको अनुहार नै नबुझिने हल छन्। नाक थुनेर फिल्म हेर्नुपर्ने अवस्था छ। हलको अवस्थाका कारण पनि दर्शकले फिल्म हेर्न छाडेका छन्। जसको प्रत्यक्ष असर नेपाली फिल्मको व्यापारमा परेको छ।’
पुराना हलहरुले आफ्नो स्तरउन्नतीमा ध्यान नदिएका कारण अहिले नेपालमा मल्टीप्लेक्सको तीव्र रुपमा विकास भइरहेको उनको भनाई छ। उनले भनिन्, ‘फिल्म राम्रो बनाएर मात्र हुँदैन। त्यसलाई देखाउनका लागि राम्रो हल हुन पनि आवश्यक छ। मैले धेरै ठाँउका हलको अवलोकन गरेको छु। जहाँ न बस्नका लागि राम्रो कुर्सी छ न त राम्रोसँग बुझिने पर्दा नै, हलले दर्शकमाथि अन्योय गरेको मैले महशुस गरेको छु।’
त्यस्तै, हलको उद्घाटन समारोहमा पुगेकी निर्देशक दीपाश्री निरौलाले अहिले दर्शकको पहिलो रोजाई मल्टीप्लेक्स बन्ने गरेको र त्यसले नेपाली फिल्मको व्यापारमा ठूलो सहयोग पुर्याएको बताइन्। फिल्म हल आफ्नो लागि मन्दिर लाग्ने बताउँदै उनले नेपालमा अझै सुविधायूक्त हलको आवश्यकता रहेको औंल्याइन्। देशैभर मल्टीप्लेक्स विस्तार गर्न सकेको खण्डमा फिल्म हेर्ने दर्शक पनि बढ्ने उनको भनाई छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस