काठमाडाैं-अभिनेत्री साम्राज्ञी शाहकाे नयाँ फिल्म ‘रातो टीका निधारमा’ यही असोज १० गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिएकी छन् । यो फिल्मलाई लिएर निकै उत्साहित रहेकी उनले शनिबार विभिन्न शहरबाट आएका आफ्ना तीस ‘डाइहार्ट फ्यान’ सँग भेट गरिन् । ‘रुटिन अफ नेपाल बन्द’ ले फेसबुकमा ‘साम्राज्ञीलाई भेट्न चाहने को ?’ भन्ने एउटा कन्टेस्ट गरेको थियो, जसमा १० हजारले उनलाई भेट्ने इच्छा देखाएका थिए ।
त्यसमध्ये छानिएका तीस जनाले शनिबार राजधानीको कमलपोखरीमा रहेको डिसिएनको कार्यालयमा साम्राज्ञीसँग भेट गरे । आफ्नो ‘फेभरेट एक्ट्रेस’ सँग पहिलो पटक प्रत्यक्ष भेट गर्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे । सबैले साम्राज्ञीको अभिनयको आफूहरु ठूलो प्रशंसक रहेको र कुनै फिल्म नछुटाइ हेर्ने गरेको बताए । चितवनबाट आएकी एक युवतीले साम्राज्ञीको अभिनय र ड्रेसिङ सेन्सको आफू ठूलो प्रशंसक रहेको बताइन् ।
आफूलाई भेट्नकै खातिर विभिन्न शहरबाट आएका फ्यानहरुसँग भेट्दा साम्राज्ञी पनि कम खुसी देखिएकी थिइनन् । उनले आफूलाई दर्शकसँग प्रत्यक्ष भेट्न मन लाग्ने भएता पनि विभिन्न कारणले सम्भव नहुने बताइन् । फ्यानहरुको यस प्रकारको मायाले राम्रो फिल्म गर्न आफूलाई सधैं हौसला मिल्ने उनी बताउँछन् । उनले फ्यानसँग ‘रुटिन अफ नेपाल बन्द’ को तर्फबाट ल्याइएको केक पनि काटिन् । र, सबैलाई आफ्नै हातले केक खुवाइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस