काठमाडाैं-विश्वका सुन्दरीहरू मिस वल्र्ड–२०१९ को तयारीमा जुटिसकेका छन् । मिस नेपाल वल्ड अनुष्का श्रेष्ठलाई पनि मिस वल्र्डको तयारीले निकै व्यस्त बनाएको छ ।
केही महिनाअघि मिस नेपालको उपाधि जितेकी अनुष्का पछिल्लो समय के गर्दै छिन् भन्ने धेरैलाई चासो छ ।
मिस नेपालका आयोजक संस्था ‘हिडन ट्रेजर’ ले मिस वल्र्डमा सहभागी हुन अनुष्कालाई आइतबार काठमाडौंमा औपचारिक बिदाइ गर्यो ।
उनी मात्र होइन, मिस युनिभर्समा सहभागी हुन मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपतिलाई पनि बिदाइ गर्यो ।
यतिबेला आफू पूर्ण रूपमा मिस वल्र्डको तयारीमा जुटेको मिस नेपाल अनुष्काले बताएकी छन्, ‘मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ । म पनि पूर्णरूपमा मिस वल्र्डको तयारीमा जुटेको छु ।’
मिस वल्र्डका लागि आफूले १३ वटा इभेन्टको तयारी गरिरहेको अनुष्काले बताएकी छन् । मिस वल्र्ड हुनका लागि केके तयारी गर्नुपर्दो रहेछ भन्ने बुझेर त्यो सम्पूर्ण कार्यक्रमको तयारी र अभ्यास अहिले गरिरहेको पनि उनले बताइन् ।
मिस वल्र्डमा महत्व राख्ने एउटा इभेन्ट ‘ब्युटी विथ पर्पोज’ हो । त्यसका लागि आफूले तीन महिना अघिदेखि नै ब्युटी विथ पर्पोजको प्रोजेक्ट तयारी गरेको पनि यी सुन्दरीले बताइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस