काठमाडौं : सञ्चारर्मी, मोडल एवम् गायिका सरिता भारतीको नयाँ गीत ‘मेरो जवानी…’को भिडियो बुधबार रिलिज गरिएको छ । आधादशक देखि विभिन्न स्टेज कार्यक्रममा अरुको गीत गाउँदै आएकी सरिताको यो पहिलो रेकर्डिङ गीत हो । उनी केही समय यताबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा गायन सिकिरहेकी छिन् । लोक पप शैलीको यो गीत ‘डान्सिङ आईटम नम्बर’ बनेको छ । युवतीहरुलाई पैसा किन्न पाइँदैन, उनीहरुलाई मायाँ गरेर आफ्नो बनाउनु पर्छ भन्ने सन्देश यो गीतले दिन खोजेका गायिका सरिताले बताईन् ।
अहिले चर्चामा रहेकी बेली डान्सकी कलाकार बिनु शाक्यको यो गीतमा बेजोड नृत्य छ । बिनुसँगै मोडल अनिषा न्यौपाने र एलिना ठकुरीको नृत्य पनि त्यत्तिकै बेजोड छ । भिडियोमा अभिनेता मोडल रमेश चन्द सोडारीले पुरुष मोडलको भूमिका निभाएका छन् । भिडियोमा गायिका सरिता आफैं पनि मोडलको रुपमा छिन् ।
बलिउडमा लामो समय काम गरेर नेपाल आएका कोरियोग्राफर माईकल चन्दले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । फ्रि स्टाईलको डान्स प्रस्तुत गरिएको उनको कोरियोग्राफी प्रसँसनीय छ । रामशरण उप्रेतीको छायाँकन र प्रदीप कँडेलको सम्पादनमा यो भिडियो तयार भएको हो । जसमा गायिका भारती र बिना राना मगरको सृँगार रहेको छ ।
ब्युटी न्युज नेपालको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको यो भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । गीतमा डब्बु क्षत्रीकै शब्द र जुगल डंगोलको सँगीत रहेको छ । गीतको संगीत संयोजन र रेकर्डिङ पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज पुतलीसडकमा रेकर्ड गरिएको यो गीत र भिडियोलाई विलक्षण क्रियसनले निर्माण तथा उत्पादन गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस