काठमाडाैं-असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘छ माया छपक्कै’ को प्यारोडी प्रमोसनल गीत सार्वजनिक भएको छ । गायक दुर्गेश थापाको स्वरमा रहेको पप शैलीको तीज गीत ‘बिच्च बिच्चमा’ को संगीतमा रमाइला टुक्का जोडेर फिल्म हेर्न दर्शकलाई आग्रह गरिएको छ । गीतमा दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ ।
भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा खिचिएको गीतको भिडियोमा गायक दुर्गेशसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला फिचर्ड छन् । यो गीतका कारण फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । यस वर्षको तीजमा सर्वाधिक घन्किएको गीतमध्येको एक हो, ‘बिच्च बिच्चमा’ ।
दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ मा दीपकराजले एक युवा नेताको भूमिका निभाएका छन् । जसको आफूभन्दा आधा उमेर कम युवती (केकी अधिकारी) सँग प्रेम बस्छ । फिल्ममा कलाकार जितु नेपालको जोडी अभिनेत्री सुपुष्पासँग बाँधिएको छ । यसअघि फिल्मको ‘जूनको जुनेली’ गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । जसले यूट्युबमा राम्रो भ्यूज पाएका छन् ।
अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । फिल्मलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गरेको फिल्म हो यो ।
राजनीतिक पृष्ठभूमीमा प्रेम बुनिएको यो फिल्मका कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको फिल्ममा दीपकराज गिरीको पटकथा छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोहित अधिकारीको निर्माण रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस