काठमाडौँ : नेपाल चलचित्र कलाकार संघका निबर्तमान अध्यक्ष स्व. राम केशर बोगटीको प्रथम बार्षिक पुण्य तिथि सम्पन्न भएको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा मध्यपुर नगरपालिका हनुमान स्थान मनोहरा फाटमा निधन भएको एक वर्ष पुगेको सम्झनामा स्मृति कार्यक्रम गरिएको थियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको सभापतित्वमा प्रमुख अतिथि पूर्व मन्त्रि तथा माननीय संसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्मृति सभामा चलचित्र बिकाश बोर्डका अध्यक्ष केशब भट्टराई, नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा बरिष्ट अभिनेता कृष्ण मल्ल, चलचित्र निर्माता संघको अध्यक्ष आकाश अधिकारि, बरिष्ट अभिनेता शिब श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा बरिष्ट चलचित्रकर्मी मोहन निरौला, सानु ताम्राकार, महासचिब चेत बहादुर सिंह राजा, कोषाध्यक्ष सुनिल कटुवाल, स्थानिय बिशिष्ट व्यक्तित्वहरु, स्व. राम केशर बोगटीका छोराहरु, बरिष्ट चलचित्रकर्मीहरु, कलाकारहरु तथा स्थानिय व्यक्तिहरुको उपस्थितिमा श्रदान्जली कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल चलचित्र कलाकार संघले स्व. राम केशर बोगटीलाइ बिशिष्ट कलाकारको घोषणा गर्दै सम्मान समेत गरिएको थियो भने सो अवसरमा विभिन्न बक्ताहरुले स्व. राम केशर बोगटीले गरेका कार्यहरुको तथा उनले कलाकार संघ तथा समाजसेवामा पुर्याएका योगदानको उच्च मुल्यांकन गर्दै स्व. राम केशर बोगटीको बाकी सपना यथाशिघ्र पुरा गर्न तथा संघको भबन निर्माणमा यथासक्य पहल गर्न जोड दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस