काठमाडाैं-रिलिजपूर्व फिल्मले बक्सअफिसमा फिल्म ‘रातो टिका निधारमा’ राम्रो पैसा छाप्ने अनुमान गरिएको थियो । तर, फिल्मले प्रदर्शनको दुई दिनमा खासै राम्रो व्यापार गर्न सकेन । शुक्रबार र बिदाको दिन शनिबार पनि फिल्मको व्यापार अपेक्षाकृत नभएको निर्देशक शर्मा स्वयं स्वीकार गर्छन् । ‘कबड्डी कबड्डी कबड्डी’ का कारण फिल्मको व्यापारमा ठूलो असर पुगेको उनको भनाई छ ।
फिल्मको दुई दिने कलेक्सन ६१ लाख ६४ हजार रहेको बताउँदै उनले फिल्मको व्यापार अपेक्षाकृत नहुनुको कारणबारे भने, ‘हो, हामीले जति अपेक्षा गरेका थियौं फिल्मले त्यो अनुसार व्यापार गर्न सकेको छैन । यसको एउटा कारण ‘कबड्डी कबड्डी कबड्डी’ पनि हो । पहिलो हप्ता यो फिल्मले निकै राम्रो व्यापार गरेको थियो । दोस्रो हप्तामा पनि फिल्म हेर्ने दर्शकको चाप उस्तै छ । अर्को चाहिँ हामीले रोजेको मिति फिल्म रिलिजका लागि उपयुक्त भएन ।’
फिल्मका लागि उपयुक्त मिति असोज १७ गते रहेको भएता पनि साथीभाईको सल्लाहमा आफू एक हप्ता अगाडि सरेको उनले बताए । ‘सबैभन्दा ठूलो कुरा हामीले सही डेट छनोट गर्न नसक्नु नै हो । त्यसमाथि ‘कबड्डी कबड्डी कबड्डी’ ले अझै दर्शक तानिरहेको छ’, उनले अगाडि भने, ‘कुनै फिल्म एकदमै चलेको दुई हप्तासम्म ग्याप हुन जरुरी थियो । कि, एकदमै बिदा हुनुपर्थ्यो । तर, यी कुनै कुरा भएन । जसको असर फिल्मको व्यापारमा पर्यो ।’
पूर्वतिर दुई दिनदेखि परेको मुसलधारे पानीका कारण पनि फिल्मको व्यापारमा असर पुगेको उनी बताउँछन् । ‘पूर्वको अधिकांश ठाउँमा केही दिनयता पानी परिरहेको छ । त्यसले गर्दा हलसम्म दर्शक पुग्न सकेका छैनन् । तर, सकारात्मक संकेत चाहिँ के छ भने फिल्म हेर्ने दर्शकले राम्रो भन्नुभएको छ । अर्को साताबाट फिल्मको व्यापार राम्रो हुन्छ भन्ने लागेको छ’, उनले भने । फिल्मले दशैं बिदामा दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको निर्देशक शर्माले बताए ।
दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टिका निधारमा’ शिर्षक सापटी लिएर निर्माण गरिएको यो फिल्ममा नव-अभिनेता अंकित शर्मा र अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी बाँधिएको छ । अंकित निर्देशक शर्माका छोरा हुन् । फिल्मलाई दर्शकबाट राम्रो/नराम्रो दुबैखाले प्रतिक्रिया प्राप्त छ । तर, समीक्षकले फिल्म पिटिक्कै रुचाएका छैनन् । यद्यपि, फिल्मले उठाएको विषयवस्तुको भने प्रशंसा भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस