काठमाडौं : रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनले आयोजना गरिएको रोज ब्युटिसियन “रोज ब्युटिसियन दशैं क्विन-२०१९” को उपाधि व्युटिसियन सुहाना अर्यालले जितेकी छिन् ।रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले ४० जना भन्दा व्युटिसियनहरुबीच दशैको घटस्थापनाको दिन काठमाडौंको रविभवनमा रहेको रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको प्रेक्ष्यालयमा “रोज ब्युटिसियन दशैं क्विन-२०१९” आयोजना सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा फस्ट रनरअपको उपाधि ब्युटिसियन मिसन श्रेष्ठले र सेकेन्ड रनरअपको उपाधि ब्युटिसियन निर्मला सिंहले जितेका छन् ।
रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकि अध्यक्ष एवं बरिष्ट ब्युटिसियन सोनी कारञ्जित, संचारकर्मी सुर्य चन्द, औधोगिक शान्ति नेपालको अध्यक्ष सन्दिप महत, फेसन डिजाइनर काजल शर्मा, संचारकर्मी सरिता भारती लगायतले बिजेताहरुलाई ताज पहिराएका थिए ।
नेपालीहरुको महान चांड विजयदशमी अर्थात बडा दशैंको उपलक्ष्यमा सौन्दर्यकर्मीहरु बीच भेटघाट तथा शुभकामना आदानप्रदान लगायत “रोज ब्युटिसियन दशैं क्विन-२०१९” को आयोजना गरिएको थियो ।
रोज सिप विकाश तामिल केन्द्र मार्फत महिला दिदीबहिनीहरुलाई शिप सिकाएर आत्मानिर्भर बनाउनको साथै यस्तै धेरै कार्यक्रमहरु आयोजना गरि महिला दिदीबहिनीहरुको आत्माबल उच्च पार्दै सामाजिक कार्यमा समेत सक्रिय बनाउदै लागेको अध्यक्ष्य सोनी काररंजितले बताइन । उक्त कार्यक्रमलाई गायिका तथा उद्घोषिका बिष्णुमाया पौडेलले संचालन गरेकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस