काठमाडाैं-दोस्रो हप्ताको बुधबार पनि ‘कबड्डी ३’ फिल्मले २० सो पाएको छ । ‘कबड्डी ३’ ले अझै पनि हलमा राम्रो व्यापार गरिरहेको छ । त्यस्तै, शुक्रबारबाट प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ क्यूएफएक्समा ९ सोमा खुम्चिएको छ । व्यापार गतिलो नभएका कारण फिल्मको सोजमा कटौती भएको हो । अन्य मल्टीप्लेक्सहरुमा पनि ऋतिक र टाइगर स्टारर फिल्म ‘वार’ ले उच्च सो पाएको छ ।
सिडिसी सिनेमाज, विएसआर र क्यूज सिनेमाजमा समान्तर ८/८ सोज पाएको फिल्मले बिग मुभिजमा १० सो हात पारेको छ । त्यस्तै, एफक्यूबले फिल्मलाई १३ सो बाँडेको छ । नेपालका मल्टीप्लेक्सले उपलब्ध गराएको सोज हेर्दा ‘वार’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्ने देखिन्छ । ‘वर्ड अफ माउथ’ राम्रो भएको खण्डमा दशैं विदामा यो फिल्मले नेपाली बक्सअफिसमा ठूलो अंक जोड्ने पक्का छ ।
असोज ३ बाट प्रदर्शनमा आएको ‘कबड्डी ३’ ले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाएको थियो । यो फिल्म चलिदिँदा लामो समयदेखि रोकिएको सिंगल थिएटरका कर्मचारीले तलब पाए । घटस्थापनाको दुई दिन अगाडि प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ को कमाईले कर्मचारीलाई बोनस बाँड्न पाउनेमा हल सञ्चालक विश्वस्त थिए । तर, फिल्मले हलमा हावा खाँदा आशा निराशामा परिणत भएको छ ।
यो फिल्मले हलमा दर्शक तान्न असफल हुँदा असोज २४ बाट प्रदर्शन हुन लागेको फिल्म ‘छ माया छपक्कै’ असोज १७ मा ल्याउन सिंगल थिएटरका हल सञ्चालकहरुले दीपक-दीपा समुहलाई आग्रह गरिरहेका छन् । तर, अब त्यो सम्भव नभएको निर्माता तथा कलाकार दीपकराज गिरी बताउँछन् । यसको मलतब, यस वर्षको दशैंमा ‘वार’ का कारण मल्टीप्लेक्समा उत्सवको माहोल चल्दा सिंगल थिएटर भने सुनसान हुने भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस