काठमाडौं : पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो ।
फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन रहेको छ भने उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो मार्फत स्रोता÷दर्शकमाझ ल्याएको उमेश राईले बताए ।
यस्तै अतिथिहरुले उमेशले उदाहरणीय कार्य गरेको भन्दै उनको कार्यको प्रशंसा र बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले यो गीतले पूर्वेली लोक जुहारी गीतको प्रतिनिधित्व गरेको र भिडियो पनि गीत सुहाउँदो संस्कार संस्कृति झल्किने रहेको बताए । कार्यक्रममा कला साहित्य र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस