काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरी र भगवति न्यौपानेद्वारा लिखित गीतका श्रव्यदृष्य सामाग्रीहरु सार्वजनिक गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक समारोहबीच गीत सार्वजनिक गरिएका हुन् ।
प्रधानमन्त्रीले शान्ता चौधरी र भगवती न्यौपानले यथार्थ लेखेर जोखिम मोलेको बताए । उनले भने, ‘अहिले सरकारलाई गाली गर्दा ताली पाइन्छ, सरकारले गरेको राम्रो काम देख्दा गाली पाइन्छ । यस्तो बेला पनि उहाँहरु सत्यको पक्षमा उभिनुभएको छ।’
एकसाथ रिलिज गरिएका चारवटा गीतमा दुईटा सांसद चौधरीले र दुईटा न्यौपानेले लेखेकी हुन् । सांसद चौधरीले आफ्नो जीवनको पूवाद्र्धमा कमलरी बस्नुपर्दाको पीडा र जीवनको कष्टकर घडीमा निकटतम स्वजनले छाड्दाका दुःख गीत मार्फत् प्रस्तुत गरेकी छिन् । आफ्नै जीवनको अनुभूति लेखिएका भएपनि ‘कोही बाँच्छन् काँडाबीच’ र ‘निर्दयी रैछौ’ गीतले धेरैका साझा भावना समेटेका छन् । यसैगरी न्यौपानेले देशलाई समृद्धिको दिशातर्फ लैजान मरिमेटेका प्रधानमन्त्री केपी ओलीको सपना र अडानमाथि ‘सलाम तिमीलाई’ गीत लेखेकी छिन् । अर्को देशभक्तिले ओतप्रोत गीत ‘देशका लागि’ छ ।
सांसद चौधरीद्वारा सिर्जित दुवै गीतमा सवैप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको छ । न्यौपानेद्वारा रचित एउटा गीतमा शिशिर योगी र अर्कोमा बद्री पंगेनीको स्वर रहेको छ । गीतका म्युजिक भिडियो समेत निर्माण गरिएका छन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने कलाकार गजेन्द्र विष्ट र रेजिना उप्रेतिको अभिनय छ । राजेश घिमिरेको छायांकन रहेको म्युजिक भिडियोहरुको सम्पादन विष्णु शर्माले गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस