पोखरा-रिसोर्टको क्षेत्रमा छोटो समयमै छुट्टै छवि जमाएको अल्फान्जो रिसोर्टले असोज अन्तिम साता बिबिध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
पोखराको सेदी स्थित रहेको रिसोर्टले पहिलो वर्ष पार गरेको सुखद अवसर (बार्षिकोत्सब) मा आगामी २४ र २५ गते लाईभ कन्सर्ट तथा डिजे सेसन सहित साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
रिसोर्टका सञ्चालक सुवास भट्टराईले पहिलो दिन नवीन के भट्टराई तथा ब्याण्डको बिशेष प्रस्तुती रहने बताए । उनले पहिलो दिन बार्षिकोत्सबको रौनक बढि हुने बताए । उनका अनुसार नवीन के भट्टराईले दर्जन गीत मार्फत पाहुनाहरुलाई मनोरञ्जन दिनेछन ।
‘हामीले पहिलो बर्ष सुखद तरिकाले पार गरेको अवसरमा सबैसँग खुशी साटौ भन्ने हेतुले कार्यक्रम आयोजना गरेका हौं, उनले भने, ‘अझ आगामी दिनमा पनि रिसोर्टले ग्राहकमुखी मुल्य र पारिवारिकमैत्री सेवा सुबिधा दिनेनौ छौ ।’ रिसोर्ट छोटो समयमै लोकप्रिय बनेको बताउदै उनले अल्फान्जोको बिशेष फोटो र लोकेशन प्रसिद्ध रहेको बताए ।
उनले कार्यक्रममा पलको एक्यवेस्टिक प्रस्तुती रहने बताउदै अन्तिम चरणमा डिजे एमीको सेसन रहने समेत जानकारी दिए । उक्त कार्यक्रम दिनको ३ बजे पछि शुरु हुने रिसोर्टले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस