काठमाडाैं- महानायक राजेश हमाल यसपटक धनकुटामा दसैं मनाउने तयारीमा थिए। १६ वर्ष अगाडि विजयादशमीको दिन आमाको निधन भएका कारण एकादशीको दिन मात्र टीका लगाउने उनी यसपालीको दसैं धनकुटामा मनाउने योजनामा थिए । एक कार्यक्रममा सहभागी हुन उनी धनकुटा जाने कार्यतालिका थियाे। पूर्वतिर निरन्तर परेको पानीका कारण कार्यक्रम स्थगित भएपछि यसपटकको दशैं पनि राजधानीमा हुने उनले बताए ।
दसैंको योजनाबारे भने- ‘अन्तिम समयमा आएर दशैं योजना परिवर्र्तन भएको छ । फूलपातीमा धनकुटामा कार्यक्रममा सहभागी हुने र उतै दशैं मनाउने योजनामा थिएँ । तर, अन्तिम समयमा पानीका कारण कार्यक्रम स्थागित भएपछि यसपालीको दशैं काठमाडौंमै हुने भएको छ । दशैंको बेला काठमाडौं शान्त हुन्छ । झन् त्यसको आनन्द उठाउन पाइन्छ ।’
उनले विवाहपछि अहिलेसम्म दसैंमा ससुराली नगएको पनि बताए । दसैंमा ससुराली जाने तयारीमा हुनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले ठट्यौली शैलीमा भने- ‘ससुरालीको सदस्य नै मेरो घरमा आएको छ । (लामो हाँसो) धनकुटातिर गएको भए ससुराली जान्थेँ । बिहे गरेको भर्खर-भर्खर भयो । अहिलेसम्म दसैं र तिहारमा ससुराली गएको छैन । तर, ससुराली जाँदा रमाइलो लाग्छ । चाड पर्वमा नगए पनि अरु बेला गएको छु ।’
ससुरालीमा हुने ज्वाईंको मानमनितो र स्वागत सत्कार आफूलाई रमाइलो लाग्ने उनले बताए । केही महिना अगाडि ‘को बन्छ करोडपति ?’ टेलिभिजन कार्यक्रम सकाएका उनी अहिले देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त छन् । उनले बाक्लै भिडियो पनि गरिरहेका छन् । तर, हमालले फिल्मबाट दूरी बनाएका छन् । पछिल्लो रिलिज फिल्म ‘सकुन्तला’ र ‘बागमती’ असफल भएपछि उनले कुनै फिल्म साइन गरेका छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस