काठमाडौँ- पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाल घरेलु टोली ओमानसँग पराजित भएको छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपाल छ विकेटले पराजित भएको हो ।
टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रन बनायो । नेपालले दिएको ६५ रनको सामान्य लक्ष्य ओमानले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।
ओमानका लागि सुरज कुमारले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३० बलमा तीन छक्का तथा दुई चौका प्रहार गरे । बलिङतर्फ करण केसीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक÷एक विकेट लिए ।
यसअघि नेपालका लागि आरिफ शेखले २० तथा दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए । बलिङतर्फ ओमानका आमिर कलिम एक्लैले पाँच विकेट लिए ।
बिलाल खानले दुई तथा मोहम्मद नदिम र खावर अलीले एक÷एक विकेट लिए । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस