काठमाडौं : नेपाल चलचित्र कलाकार सङ्घले नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४०को अवसर पारेर राजधानीमा टीकासहितको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा सङ्घका अध्यक्ष रविन्द्र खड्का तथा बरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले उपस्थित कलाकारहरुलाई टीका लगाई दिएका थिए ।
सङ्घका उपाध्यक्ष मोहन निरौलाले संचालन गरेको कार्यक्रममा सङ्घका महासचिव चेतबहादुर सिंह ‘राजा’ले स्वागत मन्तव्य राखेका थिए । नेपाल सङ्गीत तथा नाट्यक कला प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, सङ्घका सल्लाहाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष, कृष्ण मल्ल, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरीलगायतले सङ्घले नेपालीहरुको महान चाडका अवसरमा कलाकारहरुलाई एकठाउँमा भेला गराई शुभकामना आदान–प्रदान गर्ने कार्यको सुरुवात गरेर राम्रो काम गरेको भन्दै सङ्घले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए ।
कार्यक्रममा सङ्घका सल्लाहाकार मदुकुमार श्रेष्ठ, सङ्घका उपधक्ष्य मोहन निरौला, सानु ताम्राकार, कोषाधक्ष्य सुनिल कटुवाल लगायत पदाधिकारीहरु, वरिष्ठ कलाकार टीका पहाडी, आरपी पन्त, गायक आनन्द कार्की, सीताराम पोखरेल, सञ्चारकर्मी र कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा टीका सहित सङ्घ स्थापना भएको ३१ वर्ष पुगेको भन्दै कलाकारलाई ३१ रुपैयाँ सहित दक्षिणा पनि दिएको थियो भने संघका कोषाधक्ष्य सुनिल कटुवालले ३१ रुपयाँलाइ ३१०० बनाइ चलचित्र कलाकार संघको कोषमा जम्मा गर्न सुरुवात गरे संगै कलाकारहरुले सो ३१ रुपैयाँमा थप रकम जम्मा गरी कलाकार अक्षय कोषका लागि रकम हस्तान्तरण गरेका थिए । यो रकम ३५ हजार भन्दा बडी संकलन भएको थियो । अध्यक्ष रविन्द्र खडाकाले अगामी वर्षदेखि हरेक चतुर्दशी तिथीमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । आजको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि कलाकार जनक बर्तौलाले आर्थिक सहयोग गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस