काठमाडौं । लामो समयदेखि नेपालको पर्यटनलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा अमेरिकामा भएको मिस नेपाल युएस-२०१९ को निर्णायकको भूमिकामा देखापरेकी छिन । उनि संगै उक्त सौन्दर्य प्रतियोगितामा अमेरिकामा रहेका चर्चित व्यक्तित्वहरुले उक्त कार्यक्रममा निर्णायकको भूमिका निर्बाह गरेका थिए ।
भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादुतमा नियुक्त भए संगै शेर्पा अमेरिका प्रस्थान गरेकी थिइन् । नेपालमा हुने दर्जनौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका गरेर फरक पहिचान बनाएकी शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएकी छिन । मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबर्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादुत नियुक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका अमेरिकामा छिन । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएकी छिन भने अमेरिकामा रहेका विभिन्न संघ सस्थाहरुले उनलाई उच्च सम्मान समेत प्रदान गर्दै आएका छन् ।
सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पा भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्न अहिले अमेरिकामा ब्यस्त छिन ।
नेपालको पर्यटन प्रबर्धन नेपाली कला, संस्कृतिको सम्बर्धन गर्दै भ्रमण वर्षलाई सफल बनाउन क्रियाशिल हुँदै शेर्पा अमेरिकाको विभिन्न राज्यमा भ्रमण गर्दै नेपालको बारेमा जानकारी गराउदै आएकी छिन । नेपालको पर्यटन प्रबर्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।
मिसेस नेपाल टुरिजमको उपाधि जितेर आफू नेपालको पर्यटन प्रबर्धनको क्षेत्रमा आधिकारीक रुपमा पाइला चाल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै शेर्पाले सरकारले सद्भावनादुत नियुक्त संगै आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रबर्धनमा भुमिकालाइ अझ ब्यबस्थित गरेकी छिन । शेर्पाले विदेश तथा नेपालको विभिन्न शहर र पर्यटकीय क्षेत्रहरुमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस