माडी– चितवनको माडी नगरपालिका ६ स्थित रामराज्यपुरका पुर्ण बहादुर बि.क मुर्ती कुँदन अब्बल हुनुहुन्छ । सानै उमेरदेखि विभिन्न देवी देवीताको मुर्ति बनाउने र ढुङगालाई खोपेर आकृति दिलाउन सक्ने उहाँको कला रहेको थियो । भारतको कलकत्तास्थित म्युनिशिपालिटी आर्ट कलेजमा मुर्ति बनाउने कला सिक्नु भएका उहाँले आसाम तेजु सहर बाट ढुंगाको मुर्ति बनाउन थाल्नु भएको हो । मुर्ति कुँदने सिप सिक्नुभएको उहाँ हालको ६३ वर्षे उमेरमा समेत उहि जोश र जाँगरका साथ आफ्नोे कामलाई निरन्तरता दिईरहनु भएको छ ।
केहि वर्षको भारत बसाई पश्चात स्वदेश फर्कि माडीको रामराज्यपुरमा बसोबास गर्दै आउनुभएको विश्वकर्माले महाकालि, दुर्गा, शिव, पार्वती, गणेश, लक्ष्मि लगायत दर्जनौं देवी देवताहरुको मुर्ति निमार्ण गर्नुहुन्छ । उहाँले बनाउनुभएका मुर्तिहरू माडीका विभिन्न धार्मिक स्थल, शैक्षिक संस्था लगायतमा स्थापित छन भने देशका विभिन्न स्थानहरूमा समेत विक्रि हुने गरेको छ ।
यसरी दैनिक मेहनत र लगावका साथ निर्मित मुर्तिहरु बिक्रि गरेर नै आफ्नो घरखर्चि चलाउने गरेको उहाँको भनाई छ । उहाँले निर्माण गरेका मुर्तिहरू गुणस्तर र आकार अनुसार रू. ५ हजार देखि १ लाख सम्म पर्ने गरेका छन । मुर्ति निर्माण गर्दा लाग्ने खर्च, मेहनत र परिश्रम अनुसार प्रतिफल नपाउँदा र तयारी मुर्ति विक्रि नभई घरमै थन्क्याउने परिस्थिति आईपर्दा भने दैनिक जोहो गर्न अत्यन्तै कठिन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई अरूबाट कुनै सहयोग तथा रकमको अपेक्षा छैन तर आँफूले दुस्ख गरेर निर्माण गरेका मुर्तिहरू उचित मुल्यमा बिक्रि हुनु नै मेरो लागि खुसिको कुरा हो ।“
माडी रामराज्यपुरस्थित बाँदरमुढे खोलको किनारमा पहिला ३ बिगाहा रहेको उहाँको घरजग्गा वर्षेनी बाढिले कटान गर्न थालेपछि अहिले खेतीयोग्य जमिन ३ कठ्ठा रहेको छ भने बाँकि सबै बगर तथा काँस र झाडीमा परिणत भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस