काठमाडाैं-वर्षमा एउटा फिल्म निर्माण गर्ने दीपक-दीपा टिमले नयाँ फिल्म ‘छन् गेडी सबै मेरी’ बनाउने भएकाे छ।
अर्को वर्ष हाँस्यकलाकारकाे यो टिमले फिल्म ‘छन् गेडी सबै मेरी’ ल्याउँदैछ । फिल्मलाई ‘झ्यानाकुटी’ फेम्ड निर्देशक सिमोस सुनुवारले निर्देशन गर्दैछन् । फिल्ममा उनकै लगानी रहनेछ ।
दीपक-दीपाको समुहले नाफाको ६० प्रतिशत लिने सर्तमा यो फिल्म गर्न लागेको हो ।
फिल्मको फागुन अन्तिमबाट छायांकनमा जाने बताइएको छ । फिल्मको कथा प्रदीप भारद्धाजले लेखिरहेका छन् । अर्को वर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने दीपकराजको तयारी छ । तर, यसअघि नै दशैं विदा लक्षित गर्दै केही ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरेका कारण उनी अन्योलमा छन् ।
सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजलाई केही समय पछाडि धकल्दै दीपक-दीपाको समुहले ‘छन् गेडी सबै मेरी’ प्रोजेक्ट अगाडि सारेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस