काठमाडौं– नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को तिहार गित “सप्तरङ्गी टिका दाईको निधारमा” सार्बजनिक भएको छ । “सप्तरङ्गी टिका दाईको निधारमा” बोलको गितले नेपाली संगित दुनियामा राम्रो स्थान ओगट्न सक्ने ‘लक्ष्मी रानी’ चलचित्र निर्माणकर्ताले दावी गरेका छन् । यहि कात्तिक १ गते शुक्रबार तिहारमा प्रर्दशन हुन लागेको ‘लक्ष्मी रानी’ चलचित्रको यो गितले सबैको मन जित्ने कलाकारहरुको अपेक्षा रहेको छ ।
नारी बिषयलाई केन्द्र विन्दुमा राखेर निर्माण गरिएको सामाजिक कथामा आधारित चलचित्र ‘लक्ष्मी रानी’को यो गितमा शुभेच्छा थापा, धिरेन शाक्यको धमाकेदार प्रस्तुति रहेको छ । गितमा गायक धुभ राज अधिकारी र गायिका संगीता तिमल्सिनाको स्वर तथा युवा संगितकार बबुल गिरीको संगित , गितकार शंकर अधिकारि(घायल) शब्द रहेका छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो । चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पनाकार हुन् । यो चलचित्र बिशुद्ध नेपाली नारीको अबस्था र सामाजिक परिवेशमा आधारित छ ।
‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् । यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि संघर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ ।
द्धन्द्ध, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन् ।
‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन् । ‘लक्ष्मी रानी’ यहि कात्तिक १ गते शुक्रबार देखि तिहारको अबसर पारेर प्रदर्शनमा आउनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस