काठमाडाैं-फिल्म असफल भए पनि नायिका केकी अधिकारी काम विहीन भने कहिल्यै हुनु परेकाे छैन । सानातिना बजेटका फिल्म उनले बाक्लै पाउँदै आएकी छन् । लिड रोलदेखि केमियो रोलसम्म सबै गरिसकेकी उनलाई एक समय नेपाली फिल्मको उदाउँदो नक्षत्रको रुपमा हेरिएको थियो । उम्दा अभिनयका कारण दर्शकको मनमा डेरा जमाएकी उनले गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिँदा लोभलाग्दो चार्म र स्टारडम धेरै समय टिकाइराख्न सकिनन् ।
गएको एक दशकमा सोलो अभिनेत्रीको रुपमा एउटा सुपरहिट फिल्म दिन नसकेकी उनलाई हाल हलमा प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ ले भने ठूलो राहत दिएको छ । यो फिल्मले प्रदर्शनको दिनदेखि बक्सअफिसमा राम्रो पैसा छापेको छ । अभिनेता दीपकराज गिरीको अपोजटमा अभिनय गरेकी उनको अभिनयको पनि प्रशंसा भइरहेको छ । पहिलो हप्ताको कमाईबाट यो फिल्मको लगानी सुरक्षित हुने देखिन्छ ।
एक दशक लामो फिल्मी करिअरमा पहिलो पटक सफलताको स्वाद चाख्ने अवसर पाएकी केकी ‘छ माया छपक्कै’ ले अबको यात्रा सहज बनाउनेमा विश्वस्त छिन् । सायद, यो फिल्मले बक्सअफिमा पैसाको वर्षात गरिरहँदा उनी जति खुसी अरु कोही छैन होला ! किनकि, उक्त फिल्मले उनको फ्लपको श्रृंखलामा पूर्णविराम लगाएको छ । २४ वटा फ्लप फिल्मपछि उनले पहिलो पटक सोलो अभिनेत्रीको रुपमा हिट फिल्म दिएकी छन् ।
तर, उनी आफ्नो २४ वटा फिल्म फ्लप भए पनि आफूलाई भाग्मानी मान्छिन् । उनी भन्छिन्, ‘छ माया छपक्कै’ मेरो २५ औं फिल्म हो । मेरा २४ वटा फिल्म फ्लप भए । संसारमा २४ वटा फिल्म फ्लप भएर पनि कुनै अभिनेत्री टिक्छ भने त्यो भाग्यमानी हो । त्यसमा म पर्छु । संसारमा म जति लक्की अरु कोही छैन जस्तो लाग्छ ।’ हुन पनि, लगातार २४ वटा फ्लप फिल्म दिएर पनि आफूलाई टिकाइराख्नु चानचुने कुरा होइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस