काठमाडाैं– सन् २००० मा मिस नेपालको ताज पहिरिएकी उषा खड्गीले पनि गएको २ वर्ष अगाडि फिल्म घोषणा गरेकी थिइन्, ‘आउँदै जाँदै’ । फिल्मको निर्मातामा उनको नाम थियो । उनकै श्रीमान् जी.पी तिमल्सेनाले फिल्म निर्देशन गर्ने बताइएको थियो ।
तर, २ वर्ष वितिसक्दा पनि यो फिल्म बन्ने अझैसम्म कुनै सुरसार देखिएको छैन । बरु, यतिबेला उषा र जी.पीबीच डिभोर्सको चर्चाले बजार गर्माएको छ । तर, यस विषयमा दुबैले कुनै प्रतिक्रिया दिएका छैनन् । उषा र जी.पीको डेढ दशक लामो बैबाहिक सम्बन्ध टुंगिने अवस्थामा रहँदा २ वर्ष अगाडि घोषणा भएको फिल्म अब निर्माण हुनेमा शंकै छ ।
कलाकार छनोट नै नगरि ‘आउँदै जाँदै’ को निर्माण घोषणा गरिएको थियो । युवापुस्तामा हुने आकर्षण, त्यसले जोड्ने प्रेम र टाढा हुनुको पीडालाई फिल्ममा देखाइने निर्देशक बन्न लागेका जी.पीले बताएका थिए । घोषणा सभामा फिल्मको छायांकन काठमाडौं, चितवन र अष्ट्रेलियामा हुने जानकारी दिइएको थियो । तर, यो फिल्म निर्माण नहुँदै गर्वमा तुहिएको छ !
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस