काठमाडाैं-सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को छायांकन पूरा भएको छ ।
करीब १ महिना लामो छायांकनपश्चात् एक गीत बाँकी राख्दै शुक्रबार फिल्मको सुटिङ सकिएको छ । गीतको छायांकन केही समयपछि हुने फिल्मका कलाकार सितारामले जानकारी दिए ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
रुपाकोट र पोखरामा छायांकन भएको फिल्म सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले फिल्मको सम्पूर्ण दृश्य खिचेका हुन् ।
‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । भने, डिन्डु लामा ह्योल्मोले फिल्मको निर्माण गरेकी हुन् । ‘सेन्टी भाइरस’ को सह-निर्मातामा फूर्पा लामा रहेका छन् ।
निर्देशक रामबाबुले फिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् । पहिलो पटक फिल्ममा अभिनेत्रीको रुपमा देखिन लागेकी कुञ्जनाले आफ्नो बाल्यकालदेखिको फिल्ममा अभिनय गर्ने रहर पूरा भएकोमा खुसी व्यक्त गरेकी छन् ।
यो फिल्मको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ । २ करोडको लागतमा फिल्म बनेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस