काठमाडाैं-चलचित्र विकास बोर्डमा नाम दर्ता गरेर नबनेकाे ‘दिमाग खराब’ अर्काे कम्पनीले बनाउने भएकाे छ। तीन वर्षसम्म फिल्म निर्माण भएर प्रदर्शन नभए निर्माण इजाजत स्वतः रद्द हुने प्रावधान छ । तर, अर्काे कम्पनीले दर्ता गरेर फिल्म बनाउन मिल्छ । ‘दिमाग खराब’ को हकमा पनि यही भयो । बोर्डमा नाम दर्ता गरेको तीन वर्षसम्म पनि फिल्म नबनेपछि स्वतः निर्माण इजाजत रद्द भयो र निश्चलले आफ्नो ब्यानरमा ‘दिमाग खराब’ दर्ता गरे ।
बोर्डमा फिल्मको नाम दर्ता गर्दा निश्चलले निर्देशकमा आफ्नै नाम राखेका थिए । ‘लुट २’ पछि फिल्म निर्देशन नगरेका उनी यही फिल्मबाट निर्देशनमा कमब्याक गर्ने तयारीमा थिए । उनले फिल्मका लागि कथा पनि तयार पारिसकेका थिए । तर, कथा चित्त नबुझेपछि उनी फिल्म निर्देशनबाट पछाडि हटे । अब, यही नाममा नयाँ कथामा फिल्म बन्ने भएको छ । फिल्मको निर्देशन सिमोस सुनुवारले गर्दैछन् ।
कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘घामड शेरे’ को विषयमा जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक टर्न अभिनेता निश्चलले तिहारपछि सिमोसले निर्देशन गर्न लागेको फिल्ममा काम गर्न लागेको बताए । उनले यो फिल्ममा आफ्नो जोडीको रुपमा स्वस्तिमा हुने पनि खुलाए । ‘घामड शेरे’ मा उनीहरु भेना र सालीको भूमिकामा छन् ।
‘दिमाग खराब’ आफैंले निर्देशन नगर्नुको कारणबारे उनले भने- ‘पहिला यो फिल्म म आफैंले निर्देशन गर्न लागेको थिएँ । फिल्मका लागि कथा पनि तयार भइसकेको थियो । तर, पछि म आफैंलाई फिल्मको कथाले छुन सकेन । अनि, त्यसलाई पोको पारेर फ्यालिदिएँ । अब सिमोस सुनुवारले नयाँ कथामा फिल्म बनाउँदै हुनुहुन्छ । त्यसमा म र स्वस्तिमा लिड रोलमा हुनेछौं ।’ फिल्मलाई निश्चलले निर्माण गर्नेछन् ।
‘दिमाग खराब’ मा काम गरेपछि भने निश्चल फिल्म निर्देशनमा फर्किने मनस्थितिमा छन् । ‘लुट २’ पछि फिल्म निर्देशन छाडेर अभिनयमा व्यस्त निश्चल फिल्ममा अभिनय गर्नु आफ्नो रहर र बाध्यता दुबै भएको बताउँछन् । ‘मैले जति फिल्ममा केमियो गरेँ त्यो सबै बाध्यतामा गरेको थिएँ । साथीको कुरा काट्न नसकेर गरेको हुँ । लिड रोलमा गरेको फिल्म चाहिँ मेरो रहर हो’, उनी सुनिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस