काठमाडाैं– नायिका नीता ढुङ्गानकाे ‘६ एकान ६’ फिल्मभन्दा बाहेक उनी सोलो अभिनेत्री रहेका कुनै फिल्म बक्सअफिसमा सफल भएका छैनन् । तर, फिल्म असफल भए पनि उनको फिल्मी करिअरलाई त्यसले कुनै असर गरेको छैन । एउटा फिल्मको सुटिङ नभ्याउँदै उनी अर्को फिल्मको काममा व्यस्त भइहाल्छिन् । सरल स्वभावका कारण पनि उनी फिल्ममेकरको नजरबाट टाढा हुन सकेकी छैनन् । लिड होस् वा केमियो रोल, उनी अफर आएका कुनै फिल्म छाड्दिनन् ।
गएको साउनमा उनको प्रमुख भूमिका रहेको फिल्म ‘साइनो’ प्रदर्शनमा आएको थियो । फ्लप फिल्मको श्रृंखलामा यो फिल्मले पूर्णविराम लगाउने उनको निकै ठूलो विश्वास थियो । तर, ब्याडलक ! फिल्मले हलमा हावा खायो । न त उनको अभिनयकै वाहवाही भयो । बरु, अभिनेत्री मिरुना मगरले दर्शकको मन जितिन् । ‘साइनो’ पछि गएको असोजमा उनको सहायक भूमिका रहेको फिल्म ‘रातो टीका निधारमा’ प्रदर्शनमा आयो ।
फिल्ममा लिड रोलमा अभिनेत्री साम्राज्ञी आरएल शाह थिइन् । यसकारण, नीतालाई निर्माण टिमले प्रचारमा पनि अगाडि ल्याएन । न त उनले नै चासो दिइन् । यद्यपि, उनलाई यो फिल्म सफल हुने विश्वास थियो । तर, यो फिल्म पनि बक्सअफिसमा डिजास्टर सावित भयो । दुई महिनाको अन्तरमा दुई फिल्म असफल हुँदा नीताको करिअरमा ठूलो धक्का पुगेको छ । उनी आफैं पनि लगातार फिल्मको असफलताले निराश छिन् ।
अब, उनलाई आफैंले निर्माण गर्ने फिल्मप्रति आश छ । सम्भवतः यसै वर्ष उनले ‘माया’ नाममा फिल्म बनाउँदैछिन् । जसमा उनकै अभिनय रहनेछ । र, उनको अपोजिटमा अभिनेता कोशिश क्षेत्र रहनेछन् । फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछन् । अरु ब्यानरको फिल्ममा काम गरेर डुब्न लागेको करिअरको नाउ बचाउन नसकेकी नीतालाई अब आफैंले बनाउन लागेको फिल्मले के गर्ला हेर्न बाँकी छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस