काठमाडाैं- शुक्रबारबाट देशव्यापी प्रदर्शनका आउने तयारीमा रहेको अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ को रिलिज डेट सरेकाे छ । मल्टीप्लेक्सहरुले अपेक्षाभन्दा कम सो बाँडेको भन्दै निर्माण टिमले शुक्रबार फिल्म रिलिज नगर्ने निर्णय लिएको हो । फिल्म शुक्रबार प्रदर्शन नहुने वितरक प्रचण्डमान श्रेष्ठले बताए ।
पोखरामा रहेका वितरक श्रेष्ठले भने, ‘मल्टीप्लेक्समा फिल्मले जति सो पाउँछ भन्ने हाम्रो अपेक्षा थियो त्योभन्दा अत्यन्त कम पाएपछि शुक्रबार फिल्म प्रदर्शन नगर्ने निर्णयमा पुगेका हौं । अब, फिल्म दुई हप्तापछि प्रदर्शनमा आउनेछ ।’ उनले अब फिल्म कात्तिक २२ गते प्रदर्शन हुने बताए ।
‘घामड शेरे’ ले मल्टीप्लेक्समा कम सोज पाउनुको कारण बलिउड फिल्म ‘हाउसफुल ४’ हो । यो फिल्मलाई मल्टीप्लेक्सहरुले उच्च सो प्रदान गरेका छन् । जसले गर्दा ‘घामड शेरे’ र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको अर्को नेपाली फिल्म ‘पोइ पर्यो काले’ ले पर्याप्त सोज पाउन सकेनन् ।
कम सोजमा प्रदर्शन गर्दा लगानी उठाउन गाह्रो हुने भन्दै ‘घामड शेरे’ टिमले घोषित मितिमा फिल्म ल्याउन नसकेको बुझिएको छ । हेमराज विसी निर्देशित फिल्ममा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । यो फिल्म सरेपछि ‘पोइ पर्यो काले’ लाई गजबकै फाइदा भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस