काठमाडौँ : भारत वलिउडका प्रख्यात (IIFA) आइफा अवार्ड विजेता गायक अमित मिश्रा नेपाल आउने भएका छन । नेपथ्य इभेन्ट म्यनेजेमेंट प्रा.ली. ले आयोजना गर्न लागेको एक कार्यक्रमका लागी उनी नेपाल आउने तय भएको उक्त कम्पनिका सि.ई.ओ आशिष लामिछानेले वताए । अमित मिश्राका साथमै भारतका चर्चित ब्याण्ड बम्बे भैकिन्ग्स कि महिला गायिका गोरिशा नाथ पनि संगै आउने भएकी छिन् । यस कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुको नि प्रस्तुति रहने छ । यहि नोभेम्बर२२ तारीक शुक्रबारका दिन वेलुकी दरबारमार्गमा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लब मा चर्चित गायक अमित मिश्रा र गोरिषा नाथले आफ्ना विभिन्न हिट गितहरु प्रस्तुत गर्ने छन्’ ।
अमित मिश्रा बलिउडमा निकै ख्याती प्राप्त कलाकार हून । उनि भारतका चर्चित संगीतकार प्रितम संग सहकार्य गर्दै देश तथा विदेशमा आफ्नो आवाजको जादु फैलाउदै आइरहेका छन् । वलिउडका चर्चित नायक सलमान खान,अजय देवगन, टाइगर श्राफ, वरुण धवन, रणबीर कपूर, सुशांत सिंह राजपूत, फरहान अख्तर, आदिका लागि आफ्नो सुमधुर स्वर दिएका छन् ।
यस कार्यक्रमले पर्यटन वर्ष २०२० लाई पनि धेरै टेवा पुर्याउने अनुमान गरिएको छ। गायक अमित मिश्राले नेपालका विभिन्न संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्ने छन् र साथसाथै उनको डकुमेन्ट्री प्रोजेक्ट मुभीको लागि पनि नेपालका यहि स्थल लाई लक्षित गरेर उनले भिडियो सम्प्रेसन गर्ने छन् र जस्को प्रसारण संसार भरि गरिने छ।
सन्’ २०१६ र २०१७ को आइफा अवार्ड उनले जित्न सफल भएका थिए ।उनले त्यो बेला ए दिल है मुश्किल को ‘बुल्लेया’ बोल को गीत बाट अवार्ड हात पार्न सफल भएका थिए । त्यसका साथै उनले अरु थुप्रै अवार्डहरु जिती सकेका छन्।
उनले हिन्दी सिने जगत्’ मा धेरै उत्कृष्ट गीतहरु गाइसकेका छन् ।
त्यस मध्यका केहि हिट तथा चर्चितगितहरु यस प्रकार छन् :
1. अल्लाह दुहाइ है – रेस ३
2. स्लोव मोसन मै – भारत
3. सजन रेडियो – तुबलाइत
4. बुल्लेया – ए दिल है मुश्किल
5. मन मा इमोसन जागे रे- दील वाले
6. सुनो गनपती बापा मोर्या- जुडुवा २
7. गल्ती से मिस्तेक्- जग्गा जासूस
8. दिङ दङ – मुन्ना माइकल्
9. सौ तराह के – धिशूम
10. फिकर नट – छिछोरे
11. मिरे कारवान्’ – लखनउ सेन्ट्रल
12. इत्ना सन्नाटा क्युन है – गोल्माल अगैन
13. तन्हाइया – अक्सर २
14. सीधा साधा – कमान्डो २
लगायत दर्जनौ चर्चित गीतहरु रहेका छन् ।
मिश्राले २०१३ देखि २०१८ सम्ममा देश र विदेश गरि ४०० भन्दा बढी कार्यक्रमहरू गरिसकेका छन्, । नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली. ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्षले जानकारी गराए ।
यस कार्यक्रम बाट उठेको नाफाको केहि प्रतिशत उहाहरुले च्यारिटी सहयोग अर्थात् बृदाआश्रममा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी जनाए । यस कार्यक्रममा सिने जगत, संचारकर्मी ,कलाकारिता क्षेत्र ,सामाजिक क्षेत्र र ब्यबसायिक क्षेत्रका बिशिष्ट पात्रहरुको बाक्लो उपस्थिति रहने छ । यस कार्यक्रममा सहभागी भै बृद बृदाहरुको सामाजिक सहयोगार्थ योगदान गर्नको लागि भने इच्छुक महानुभावले टिकट खरिद गरेर कार्यक्रममा प्रवेश गर्नुपर्ने छ।
टिकट सुल्क साधरणको २५०० (पचिस सय रुपैया) र भिआइपि को ३५०० (पैतिस सय रुपैया ) राखिएको छ ।
निकै सिमित समय रहेकोले आयोजक पक्षले समयमै आफ्नो टिकट किनेर आफ्नो स्थान सुरक्षित राख्न आग्रह गरेका छन् । यो पुरै मनोरन्जनात्मक कार्यक्रम हुने र टिकट खरिद गरिएको पैसा अनुसारको फाइदा पनि ग्राहक महानुभावहरुले लिन पाउने बिश्वास आयोजक पक्षले लिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस