काठमाडौं : नायिका निर्मात्री तथा लेखक शुभेच्छा थापाद्वारा निर्देशित चलचित्र ‘लक्ष्मी रानी’ दर्शकको रोजाइमा परेको छ । कात्तिक १ गते देखि देशभरका सिनेमा घरमा एकैसाथ प्रर्दशन सुरु भएको यस चलचित्रले सुखद ब्यापार गरेको निर्देशक थापा बताउछिन । सुरुको दिनमानै सुखद ओपनिङ गरेको चलचित्र “लक्ष्मी रानी” लाइ दर्शकहरुले राम्रो माया सदभाब दिएका छन् । देशका मुख्य शहरहरुमा भब्यताको साथ् प्रदर्शन भईरहेको चलचित्र लक्ष्मी रानीलाइ दर्शकहरु ले राम्रो प्रतिक्रिया दिएका छन् ।
शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो । चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पनाकार हुन् । यो चलचित्र बि’शुद्ध नेपाली नारीको अब’स्था र सा’माजिक परिवेशमा आधारित छ । ‘लक्ष्मी रानी’ चलचित्र नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् ।
यो चलचित्रमा एउटा नारीले कसरी गाउँले जिवनयापनदेखि शहरिया शैलीलाई पछ्याएर जिन्दगी बिताउनका लागि सं’घर्ष गर्नुपरेको छ भन्ने देखाउने प्रयास गरिएको छ । द्व’न्द्व, मन’मुटाव, संघ’र्ष, ग’रिबी, शिक्षा र सफलतालाई यो चलचित्रको कथामा मुख्य जोड दिइएको निर्देशक थापाले जानकारी दिइन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन् ।
‘लक्ष्मी रानी’ मा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन् । चलचित्रमा ‘लक्ष्मी रानी लाई ‘.’ भन्ने वोलको शिर्ष गित रहेको छ । यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र गितकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री‘. ’ भन्ने वोलको गितमा गायक गायिका ध्रुबराज अधिकारीरसंगिता तिमिल्सेना र गितकार शंकर अधिकारी ‘घायल’ रहेका छन् । दुवै गितमा चर्चित युबा संगितकार बबुल गिरीको संगित रहेको छ । चलचित्रलाई रामेश्वर हुमागाईं , दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् ।
सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लिले जिम्मा लिएको छ । दिपावली २०७६ सालको तिहारको पूर्व सन्ध्यामा मा प्रर्दशनमा आएको चलचित्र “लक्ष्मी रानी” सबैले मन पराएकोमा निर्देशक थापा दङ्ग छिन ।
‘लक्ष्मी रानी’ चलचित्रको सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौंमा सुटिङ गरिएको हो। यो चलचित्रमा हाम्रो समाजमा नारीहरुले जिवन जिउनका लागि कसरी संघर्ष गर्नु परेको छ भन्ने देखाउन खोजिएकोले सम्पुर्ण नेपाली दर्शकलाई ‘लक्ष्मी रानी’ मन परेको निर्देशक थापाले दाबी गरिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस