काठमाडाैं– कमेडी फिल्म चल्न थालेपछि अहिले सानो पर्दाका कहलिएका हास्यकलाकारहरु फिल्म निर्माणमा होमिने क्रम बढ्दो छ । दीपक-दीपाको समुहपछि सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पनि फिल्म बनाउँदैछन्, ‘सेन्टी भाइरस’ । हाल यो फिल्मको छायांकन भइरहेको छ । मह जोडीले पनि ‘शत्रु गते’ पछि फिल्म निर्माणलाई रोकेका छैनन् । चाँडै हास्यटेलिसिरियल ‘सक्किगोनी’ को टीमले पनि ‘फनफनी’ नाममा फिल्म बनाउँदैछ ।
एक समयको चर्चित हास्यटेलिसिरियल ‘जीरे खुर्सानी’ का प्रमुख कलाकार शिवहरी पौडेलले पनि फिल्म निर्माणमा हात हालिसकेका छन् । उनको निर्माण र निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ को हालै छायांकन सकिएको छ । अब, फिल्म निर्माण गर्ने हास्यकलाकारको लिस्टमा सन्तोष पन्त पनि थपिएका छन् । एक दशक अगाडिको दर्शककोे रोजाईको सिरियल ‘हिजो आजका कुरा’ नाममा उनले फिल्म बनाउँदैछ । फिल्मको निर्देशन उनकै छोरा साकारले गर्दैछन् ।
सन्तोष पन्तको फिल्ममा हाँस्यकलाकारहरूले खेल्न गर्न अस्वीकार गरेका छन् । ‘हिजो आजका कुरा’ फिल्मको घोषणा सभामा पत्रकारले कलाकार तथा निर्देशक पन्तलाई सोधे- ‘यो सिरियलमा काम गरेका केही कलाकार अहिले निकै चर्चित भएका छन् । उनीहरुलाई फिल्म गर्नका लागि प्रस्ताव गर्नुभएन ?’ पन्तले जवाफमा भने- ‘सबैलाई गरेको थिएँ तर कसैले मान्नुभएन । अहिले सबैको आ-आफ्नै टीम रहेछ । हामीसँग सहकार्य गर्न तयार हुनुभएन ।’
पन्तले कलाकारको नाम नलिए पनि दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेलाई उनले फिल्म प्रस्ताव गरेका थिए । तर, उनीहरुले टीमभित्रको फिल्म मात्र गर्ने भन्दै अस्वीकार गरे । फिल्म ‘हिजो आजका कुरा’ मा कलाकार पन्त नै प्रमुख भूमिकामा देखिँदैछन् । उनको जोडीको रुपमा सिरियलकै रमा थपलिया छिन् । केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस