काठमाडौँ : चलचित्र ‘ब्ल्याक बोर्ड’ निर्माणको घोषणा गरिएको छ । चितवन भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्रमा नेपाली समाजमा अभिभावकहरुले आफ्ना सन्तानहरुको हेरविचार गर्न नसक्दा उत्पन्न हुने असर र समाधानका उपायहरुको खोजी गरिने चलचित्रका निर्देशक सुलेमान शंकर (इकु)ले बताए । सुलेमान शंकर (इकु) यसै चलचित्र मार्फत पहिलो पटक निर्देशकीय भुमिका देखिएका छन् ।
चलचित्र ब्ल्याकबोर्डमा सरोज खनाल, निर्मल शर्मा ९गैंडा०, सुलेमान शंकर (इकु), शिशिर भण्डारी, अशु न्यौपाने भेषराज गौतम साथै बाल कलाकार दिक्पाल गौतम, जेनिश थपलिया, रक्षा कंडेललगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सम्मान इन्टरटेनमेन्ट र एस.एम.एस फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा अर्जुन सापकोटा र सर्वाणि पाण्डे प्रस्तुतकर्ता रहेका छन् । चलचित्र ब्ल्याकबोर्डको कथा किरण माईकल घिमिरे र सुदिप आत्रेय लेखेका हुन् भने क्रियटिभ हेडको जिम्मेवारी सशान कंडेलले सम्हालेका छन् ।
जनक थपलिया र रविन लिवाङ कार्यकारी निर्माता रहेको चलचित्रमा सम्मान कंडेल, निरभिङण घिमिरे, सुरेश कंडेल र सरला पाण्डे निर्माता रहेका छन् भने सहनिर्मातामा प्रकाश लामा, विशाल पौडेल र प्रियान्स कंडेल रहेका छन् । चलचित्रमा किरण माइकल घिमिरेको सङ्गीत रहनेछ ।
१ महिनापछि छायाँकन हुने चलचित्रको ९० प्रतिशत अंश चितवन/नवलपरासीमा हुने र बाँकी १० प्रतिशत अंश काठमाडौँमा हुने निर्माण पक्षले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस