काठमाण्डौ-नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपाली नेत्र विशेषज्ञ सुमन थापा प्रस्तुत भए । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा सुमनले १३ वटा गीत सुनाए । कार्यक्रममा प्रस्तुत भएका कतिपय गीतहरू आँखा र दृष्टिसँग सम्बन्धित थिए । आफ्नो पेशासँग सम्बन्धित संस्मरण सुनाउँदै गाइरहेका सुमनलाई सुन्दा लाग्थ्यो उनी आँखा र भाकाका संगम हुन् ।
कार्यक्रमको सुरुवातमा उनको सांगीतिक यात्राको पहिलो चरणको झलक प्रस्तुत भएको थियो । सुमनको आफ्नै शैली झल्किएका दुईवटा गीत प्रस्तुत भएपछि दोस्रो चरणमा गाइएका सबै गीतहरू नयाँ थिए । दोस्रो चरणका ९ वटा गीतहरू गीतकार तथा कवि श्रवण मुकारुङले सृजना गरेका थिए । सुमनका निम्ति बनेका सबै नयाँ गीतमा संगीतकार आभासको धुन सृजना रहेको थियो ।
प्राय अँग्रेजी भाषामा गाउने सुमन पहिलोपल्ट नेपाली गीत मात्र प्रस्तुत गर्दै थिए । तीलगंगा अस्पतालसँग सम्बन्धित डा. सुमन आफ्नो सांगितिक रुचिलाई सदुपयोग गर्दै रकम जुटाउँछन् र विकट गाउँ पुगेर निशुल्क स्वास्थ शिविर संचालन गर्छन् । त्यसको लागि उनी ‘एक एक पाइला’ नामको संस्थासंगआबद्ध छन् ।
कार्यक्रममा संचालकले सरप्राइज प्रस्तुति भन्दै एउटी नयाँ गायिकालाई सुमनसँग युगल गीत गाउन निम्ता गरे । मञ्चको किनार छाम्दै उनी मञ्चमा पलेँटी कसेर बसिन । उनको नाम थियो आशा राई । आशा जन्मदै संसारको दृश्य देख्नबाट बन्चित भएर जन्मेकी रहिछन् । आशालाई नै केन्द्रमा राखेर रचिएका २ वटा गीतमा उनले सुमनसँग स्वर मिलाइन् ।
कार्यक्रमको अत्यतिर प्रस्तुत भएका बाँकी गीत गीत मध्ये ‘ओ पासाङ दाइ, ओ बैनी फूलमतिया’मा प्रयोग भएको शब्द ‘स्लिट ल्याप्प’लाई बुझाउन डा. सुमनले आँखा जाँच्ने उपकरण नै बोकेर आएका थिए । उनले सोही उपकरण देखाउँदै, गीतार र घाँटीमा भिरेको हार्मोनिका बजाउँदै सुनाए- ‘ओ पासाङ दाइ, बैनी फूलमतिया, पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु तिमीलाई सुन्दर संसार देखाउन’ ।
त्यसपछि प्रस्तुत भएको फंकी शैलीको गीत ‘हतार छ, एकदम हतार छ, तर ट्राफिक जाम छ’लाई शहरको व्यस्तता र डा. सुमनको पेशासँग जोडेर प्रस्तुत गरिएको थियो । तिहारको माहोललाई ध्यानमा राखेर प्रस्तुत गरिएको अन्तिम गीत ‘साँझको बेला, अप्ठ्यारो बाटो’ पनि आँखासँगै जोडिएको थियो । यो गीत देउसी पारामा प्रस्तुत भएको थियो ।
गीत सुनिसकेपछि कार्यक्रममा उपस्थित गीतकार श्रवण मुकारुङले मन्तब्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा श्रवणले भने- ‘यसपालीको हाम्रो यो सांगीतिक सहकार्यले मलाई नयाँ गीत लेख्न प्रेरित गर्यो । अहिले पलेँटीमा गीत सुनिसकेपछि लाग्यो यो हाम्रो रचनात्मक कर्मको एउटा सुन्दर मोड पनि हो ।‘
कार्यक्रम समापनपछि गीतकार रत्नशमशेर थापा भन्दै हुनुहुन्थ्यो- ‘नयाँ प्रयोगले नै गीत संगीतको रचनाको घेरालाई फराकिलो पार्छ, आजको प्रयोग राम्रो छ ।‘ अर्का गीतकार विप्लब प्रतीकको प्रतिक्रिया थियो- ‘सांगीतिक क्षेत्रमा रहेका धेरै कलाकारले सुन्नै पर्ने रचनाहरू सृजना भएको साँझमा संगल्न हुन पाएँ । मन प्रफुल्ल भयो ।‘ त्यस्तै नेपथ्यका अमृत गुरुङ भन्दै थिए- ‘धेरै समयपछि गीत, संगीत नसा झैँ झ्याम्म लाग्यो ।‘
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए । सुमनसँगको पलेँटी शनिबार साँझ पनि हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस