काठमाडाैं-ब्रेकिङ न्यूज खोजिरहेको एक पत्रकार र पदले हवल्दार भए पनि आफूलाई ठूलो अफिसर ठान्ने एक प्रहरी जवानको वरिपरि फिल्म घुमेको छ । आफूलाई बादशाह सम्झने दुई पात्रको जीवनमा आउने उतारचढावमा फिल्म केन्द्रित छ । फिल्ममा सुशील श्रेष्ठका साथमा आमिर गौतम, रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङलगायतको अभिनय छ । थुप्रै बलिउड फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका जोनी सिंह राणाले यसको निर्देशन गरेका हुन् ।
अभिनेता सुशीललाई यो फिल्मप्रति निकै ठूलो आशा छ । ‘बादशाह जुट’ ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको खण्डमा उनको डुब्न लागेको करिअरको नाउ किनारा लाग्नेछ । नभए, उनले फ्लप फिल्ममा ह्याट्रिक गर्नेछन् । यसकारण, यो फिल्मले उनको करिअरलाई कुन रुप दिने भन्नेमा ठूलो भूमिका खेल्नेछ । उनी, यस फिल्मले आफूलाई निराश नबनाउनेमा विश्वस्त छन् । सुशील आफ्नो भूमिका र अभिनय दर्शकलाई मनपर्नेमा पनि आशावादी देखिएका छन् ।
अभिषेक शशी कुमारको लेखन रहेको ‘बादशाह जुट’ मा कृष्ण भारद्धाज/कोशिश क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन छ । हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ यो फिल्मका लगानीकर्ता हुन् । एच एण्ड बी फिल्मको प्रस्तुतिमा तयार भएको फिल्मको निर्माणमा ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेन्मेन्टले पनि सहकार्य गरेको छ । फिल्म कमेडी विषयवस्तुमा बनेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस