काठमाडाैं– दिपावलीको अवसरमा प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’ ले एक हप्तामा सानदार व्यापार गरेको वितरकले दाबी गरेका छन् । काठमाडौं उपत्यकाभित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्मले एक हप्तामा काठमाडौंभित्र १ करोड ९५ लाखको व्यापार गरेको बताएका छन् । त्यस्तै, उपत्यका बाहिरका वितरक रोहित कट्टेलले फिल्मको एक हप्ते कमाई १ करोड १० लाख रहेको दाबी गरे ।
वितरकका अनुसार, फिल्मले एक हप्तामा देशभर गरि ३ करोड ५ लाख छापेको छ । तर, फिल्मको यो व्यापारिक आँकडालाई सत्य मान्न गाह्रो छ । बलिउड फिल्म ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्समा फिल्मले सुरुवाती दिनमा खासै राम्रो व्यापार गर्न सकेन । अझै पनि मल्टीप्लेक्समा ‘हाउसफुल ४’ कै दबदबा छ । त्यसमाथि दशैंको नेपाली फिल्म ‘छ माया छपक्कै’ मा दर्शकको भीड अझै कम भएको छैन ।
यो अवस्थामा ‘पोइ पर्यो काले’ ले एक हप्तामा ३ करोडमाथिको व्यापार गर्नु अप्रत्याशित हो । तर, प्रदर्शनको समयदेखि लगातार सार्वजनिक विदा भेटेका कारण फिल्मको व्यापारिक आँकडा नाजुक भने छैन । तर, एक हप्तामा फिल्मको ३ करोड बढीको व्यापार पत्याउन मुश्किल छ । अब, वितरकले नै दाबी गरेपछि नपत्याउने पनि कसरी ! लगानी गर्ने निर्मातालाई पो पत्यार लाग्यो कि लागेन कुन्नी ?
शिशिर राणा निर्देशित फिल्ममा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठको प्रमुख भूमिका छ । दीपक मनाङे र सरोज नेपालीको निर्माण रहेको फिल्ममा अर्जुन पोखरेल, लालबहादुर खाती र पुरुषोतम न्यौपानेको संगीत, कविराज गहतराज र कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । रुप रंगले मान्छे राम्रो नराम्रो छुटिँदैन भन्ने सन्देश फिल्मले दिन खोजेको छ ।
शुक्रबारबाट यो फिल्मले दोस्रो सातामा प्रदर्शन थालेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस