काठमाडाैं-गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ मा विवाहित महिलाको भूमिकामा वाहवाही बटुलेकी नायिका नम्रता श्रेष्ठले ‘जाइरा’ मा गरेको मेहेनतको पनि सबैले प्रशंसा गरेका थिए । तर, फिल्म नै कमजोर निस्किएपछि उनको मेहेनत छाँयामा पर्यो । यो फिल्मपछि उनले नयाँ फिल्म साइन गरेको खबर बाहिरिएको छैन । ‘प्रसाद’ र ‘जाइरा’ को लगभग एकै समयमा छायांकन हुँदै थकित भएकी उनी अब केही समय विश्राम लिने सोचमा छिन् ।
‘जाइरा’ ले बक्सअफिसमा असफलता भोग्नुको कारण धेरैले नम्रताले आफ्नो जनराभन्दा फरक फिल्म रोज्नुलाई मानेका छन् । यो फिल्ममा उनी पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएकी थिइन् । दर्शकले पर्दामा उनलाई सोझी प्रेमिकाको भूमिकामा बढी रुचाएका छन् । भने, जोडीमा अभिनेता आर्यन सिग्देल । अब, उनले कुन जनराको फिल्म रोज्नेछिन् धेरैका लागि कौतुहलताको विषय बनेको छ ।
फिल्मवृतमा नम्रताले अभिनेत्री रेखा थापाले निर्माण र रेनशा वान्तवा राईले निर्देशन गर्न लागेको फिल्ममा अभिनय गर्न लागेको चर्चा छ । तर, यस विषयमा निर्माण टिमबाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । केही पटक फिल्मको विषयमा रेखा र नम्रताबीच भेटघाट भएको स्रोत बताउँछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस