काठमाडाैं-यही शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘बादशाह जुट’ बाट पनि दुई निर्माता नराम्रोसँग डुबेका छन् । डेढ करोडको आसपासमा निर्माण भएको यो फिल्ममा हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठको लगानी छ । तर, फिल्मले निर्माताको लगानी सुरिक्षत गर्नु त टाढाको कुरा भित्तामा पोस्टर टाँस्नका लागि बनाएको माडको पैसा पनि उठाउन मुश्किल पर्ने देखिन्छ । फिल्म केही हलमा चलिरहे पनि दर्शकको चर्को खडेरी छ ।
यो फिल्मलाई मल्टीप्लेक्समा बलिउड फिल्म ‘हाउसफुल ४’ ले टिक्न दिएन । भने, सिंगल थिएटरमा दुई नेपाली फिल्म ‘छ माया छपक्कै र पोइ पर्यो काले’ को चेपुवामा पर्यो । फिल्मले बक्सअफिमा घुँडा टेक्नुको प्रमुख कारण ‘वर्ड अफ माउथ’ बलियो नहुनु पनि एक हो । फिल्म हेर्ने कसैले न कथावस्तु न त कलाकारको तारिफ गरेको पाइएको छ । आफूलाई बादशाह सम्झने दुई पात्रको कथामा फिल्म आधारित छ ।
‘बादशाह जुट’ बाट अभिनेता सुशील श्रेष्ठलाई निकै ठूलो आश थियो । यसअघि उनका दुई फिल्म ‘सायद २’ र ‘कारखाना’ बक्सअफिसमा डिजास्टर सावित भएका थिए । यसकारण, यो फिल्मले धरमराउँदो करिअर बचाउनेमा उनी विश्वस्त थिए । तर, यसपटक पनि उनले निराशा भोग्नु परेको छ । ‘बादशाह जुट’ को असफलतासँगै उनले फ्लप फिल्ममा ह्याट्रिक गरेका छन् । जुन एउटा कलाकारको करिअरका लागि शुभ मानिन्न ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस