काठमाडौं : प्रख्यात तथा किर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मायाको मिठो’ सार्वजनिक भएको छ । मुनाल शिशिर द्वारा निर्देशित र गायक दिपक खरेलको स्वर तथा सागर सरद अधिकारीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा कशिश, सुदर्सन र रुपकको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् ।
गीत लेखेरै विभिन्न विधामा ६ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रिलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।
७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त समेत प्राप्त गरिसकेका छन् । उनले नेपाली गीतरसङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको हो ।
‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता/दर्शकमाझ ल्याएका डा. डीआर उपाध्यायले गीत लेखनबाट विभिन्न रेकर्ड राख्न सफल भएका हुन् ।
‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुँने विभिन्न गीत सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायः जसो सबै अवार्डमा अवार्ड चुम्न सफल भएका छन् ।
उपाध्यायले उपन्यास लेखनमा पनि त्यतिकै सशक्त रुपमा कलम चलाउँदै आएका छन् । डा. डीआरका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् भने नयाँ उपन्यास ‘सपनाकी रानी’ पाठकमाझ आउँदै छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस