काठमाडाैं-मल्टीप्लेक्स हलमा ‘घामड शेरे’ फिल्मले राम्रो सो हात पारेको छ । कात्तिक ८ गतेका लागि नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा ‘घामड शेरे’ ले राजधानीको पाँच स्टेशनमा ६ सो पाएको थियो । कात्तिक २२ गतेलाई १७ सोज हात पारेको छ । त्यस्तै, उपत्यका बाहिरको ४ स्टेशनमा फिल्मले १२ सो पाएको छ ।
क्यूएफएक्स च्यानलमा मात्र २९ सोमा प्रदर्शन आरम्भ गर्न लागेको यो फिल्मलाई राजधानीको विग मुभिजले ५ सोज बाँड्दा क्यूज सिनेमाज्, सिडिसी सिनेमाज् र विएसआर सिनेमाज्ले समान्तर ३/३ सो प्रदान गरेका छन् । त्यस्तै, वान सिनेमाज् र एफक्यूब सिनेमाज्मा फिल्मले ४ सो हात पारेको छ । फिल्म देशैभर ८५ बढी हलमा प्रदर्शन हुने बताइएको छ । मल्टीप्लेक्स सो र हल संख्या हेर्दा फिल्मको ओपनिङ आक्रामक हुने देखिन्छ ।
रिलिजपूर्व गीतसंगीतका कारण फिल्मले राम्रो हाइप निर्माण गरेको छ, जसको फाइदा बक्सअफिसमा पर्नसक्छ । पहिलो पटक ‘रियल कपल’ निश्चल र स्वतिमाले अनस्क्रिन रोमान्स गरेका कारण पनि फिल्मको इनिसियल व्यापार आक्रामक हुने फिल्म पण्डितहरुको अनुमान छ । तर, प्रदर्शन मिति फेरबदल भएका कारण त्यसको असर बक्सअफिसमा पर्न सक्ने आँकलन पनि गरिएको छ ।
खोलालाई मुद्धा हाल्ने विषयमा केन्द्रित ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । फिल्ममा निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् । गौरी मल्लको अतिथी भूमिका रहेको फिल्ममा बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कथा तथा पटकथा निर्देशक विसीले नै लेखेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस