एजेन्सी– बलिउड फिल्मका तीन ठूला सुपरस्टार सलमान, शाहरुख र आमिर खान एकसाथ फिल्ममा देखिने भएका छन्। चाँडै नै सलमान, शाहरुख र आमिर एकसाथ फिल्ममा देखिँदैछन् ।
फिल्मफेयरले लेखेको छ, ‘आमिर खानको निर्माण र अभिनय रहने फिल्म ‘लाल सिंह चड्ढा’ मा सलमान र शाहरुखको अभिनय रहनेछ ।’ तर, अहिलेसम्म यस विषयमा निर्माण टिमबाट कुनै जानकारी प्राप्त भएको छैन । यो फिल्मको चाँडै छायांकन सुरु हुँदैछ । सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा आमिर र करीना कपूर मुख्य भूमिकामा देखिँदैछन् । यसअघि दुईले ‘तलास’ र ‘थ्री इडिएट’ मा काम गरेका थिए । फिल्ममा सलमान र शाहरुख विशेष भूमिकामा देखिने बताइएको छ । दुईले निर्वाहा गर्ने चरित्रको फिल्ममा महत्त्वपूर्ण भूमिका रहने फिल्मफेयरले उल्लेख गरेको छ ।
शाहरुखले फिल्म गर्ने वचन दिइसकेका छन् । अब, सलमानको प्रतिक्षा भैरहेको छ । उनले पनि फिल्म गर्न मानेको खण्डमा पहिलो पटक बलिउडका तीन खान एकसाथ पर्दामा देखिनेछन् । एकसमय एकअर्काका कट्टर दुश्मन मानिने सलमान, शाहरुख र आमिर केही समययता निकै घनिष्ट छन् । एकअर्कालाई हरेक कुरामा सहयोग गर्ने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस