काठमाडाैं-मुम्बइमा परिवारसँग बस्दै आएकी अभिनेत्री निरूता सिंह पछिल्लाे समय नेपाल आएकाे समय आमाको भूमिकामा पर्दामा देखिन थालेकी छन् । गत वर्षको फागुनमा उनले ठुम्का लगाएको फिल्म ‘क्याप्टेन प्रदर्शनमा आएको थियो भने गएको बैशाखमा उनको प्रमुख भूमिका रहेको फिल्म ‘दाल भात तरकारी’ प्रदर्शन भएको थियो । यसमा उनी कलाकार हरिवंश आचार्यको श्रीमती तथा अभिनेता पुष्प खड्काको आमाको भूमिकामा थिइन् । फिल्मले आलोचनाको बावजूद पनि राम्रो व्यापार गर्यो ।
फिल्मको मात्र होइन, अभिनेत्री निरुताको अभिनयको पनि चर्को आलोचना भएको थियो । उनको ‘लाउड अभिनय’ ले फिल्म हेरुन्जेल दर्शकले टाउको समातेर बसेका थिए । रिलिजपूर्व उनले आफ्नो वास्तविक कमब्याक फिल्म ‘दाल भात तरकारी’ रहेको बताएकी थिइन् । तर, अभिनयको आलोचनाले उनी निराश भइन् । यो फिल्मपछि उनी पुनः मुम्बई लागिन् । डेंगुका कारण लामो समय थलिएकी उनी अहिले तंग्रिएकी छन् । तर, नयाँ फिल्म साइन गरेकी छैनन् ।
निरुतालाई फिल्म अफर गर्ने आँट पनि मेकरले गर्न सकेका छैनन् । कारण हो, उनको पारिश्रमिक । उनले आमाको भूमिकाका लागि समेत ५ लाख माग्ने गरेकी छन् । महँगो पारिश्रमिक डिमान्ड गरेकै कारण उनलाई मेकरले फिल्म अफर गर्न नसकेको कतिपयको विश्लेषण छ । निरुताले नयाँ फिल्म नगर्नुको पछाडि पारिश्रमिक मुख्य कारण हो वा अरु नै ? धेरैको मनमा प्रश्न उब्जिएको छ । कतै फेरि फिल्मबाट दूरी बनाउन खोजेकी त होइनन् ?
अहिले उनी वीरगञ्जमा जारी ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएकी छन्, बलिउड अभिनेता गोविन्दासँग । नेपाल बसाईको क्रममा उनले नयाँ फिल्म साइन गर्ने अपेक्षा दर्शकलाई छ । तर, उनको पारिश्रमिक सुनेर मेकर तर्सिने पो हुन् कि ! डर पनि छ । आशा गरौं, यस वर्ष अभिनेत्री निरुता सिंहको नयाँ फिल्म दर्शकले हेर्न पाउनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस