काठमाडाैं-यस वर्षको ब्लकबस्टर फिल्मको सूचीमा रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले आफ्नो नाम लेखाउन सफल भएको छ । गएको असोज ३ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्मले सफलताको मानक मानिने ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको छ । शनिबार यो फिल्मले राजधानीका पाँच हलमा प्रदर्शनको ५१ दिन मनाएको हो ।
बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा फिल्मले प्रदर्शनको ५१औं दिन मनाएको निर्देशक गुरुङले बताए । वितरक कम्पनी स्टेशन फाइभले फिल्मको कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेको छ । फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रसको आँकडा नाघेको छ । यस वर्षको असोजसम्म कुनै फिल्मले यो आँकडा छुन सकेका छैनन् ।
‘कबड्डी ३’ यस वर्ष ५१ दिन मनाउने तेस्रो फिल्म पनि बनेको छ । यसअघि ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउन सफल भएका थिए । ‘कबड्डी’ सिरिजमा सबैभन्दा ठूलो व्यापार गर्ने फिल्म हो यो । अघिल्ला दुई सिरिजले बक्सअफिसमा ७ करोडभन्दा बढी छाप्न सकेका थिएनन् । ब्रान्ड नामका कारण फिल्मले हलमा लामो यात्रा तय गर्न सफल भएको हो ।
फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस