काठमाडाैं- ‘घामड शेरे’ को ओपनिङ अपेक्षाकृत व्यापार गर्न सकेन। यसाे हुनुमा रिलिज समय फेरबदल मुख्य कारण मानिएको छ ।
आइतबार साँझ जय नेपाल हलमा फिल्मको ‘स्पेशल शो’ राखिएको थियो । फिल्म हेर्न दीपाश्री निरौला, केकी अधिकारीलगायत पुगेका थिए । सबैले फिल्मको कथावस्तु, कलाकारको अभिनय र निर्देशकको कामको मुक्तकण्ठले प्रशंसा गरे । तर, निर्देशक हेमराज विसीको अनुहारमा भने खासै खुसी देखिएको थिएन । फिल्मको कमजोर ओपनिङले उनी निराश देखिन्थे ।
‘स्पेशल शो’ मा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘हामीले सोचेको जस्तो ओपनिङ हुन सकेन । सायद हामीले ठूलो अपेक्षा राखेर पनि हुनसक्छ । अझ राम्रो गर्न सक्छ भन्ने लागेको थियो । तर, जस्तो खालको ‘वर्ड अफ माउथ’ आएको छ त्यसले खुसी भने तुल्याएको छ ।’ फिल्मको ओपनिङ राम्रो हुन नसक्नुमा अन्तिम समयमा प्रदर्शन मिति फेर्नु पनि रहेको उनी बताउँछन् ।
‘वर्ड अफ माउथ’ राम्रो भएका कारण हलमा दर्शक बढ्ने अपेक्षा उनको छ । आउँदो दुई हप्ता कुनै ठूलो फिल्म नभएका कारण त्यसको फाइदा फिल्मले उठाउनेमा उनी विश्वास छन् । विदेशमा कमाएको पैसाले गाउँमा किनेको खेत खोलाले बगाएपछि ‘शेरे’ पात्रले गर्ने संघर्षको कथामा फिल्म आधारित छ । फिल्ममा निश्चल र स्वस्तिमाले भेना र सालीको भूमिका निभाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस