काठमाडाैं-अभिनेत्री आँचल शर्माले यसै मंसिरमा बिहे भएकी छन्।उनी वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा छिन्। केही दिन अगाडि मात्र दुईको पहिलो पटक भेट भएको एक वर्ष पुगेको थियो ।
एक वर्षसम्म जसोतसो प्रेम सम्बन्ध लुकाएर राखेकी अभिनेत्री आँचल आजभोली भने खुल्न थालेकी छन् । उनले डाक्टर प्रेमीको तारिफ गरेर नथाकेका अन्तर्वार्ताहरु अहिले युट्युबमा छ्यापछ्याप्ती भेटिन्छन् । जहाँ उनले प्रेमीसँगको पहिलो भेटदेखि प्रेमीको आनीबानीसम्म सबै खुलाएकी छन् । साथै, उनले विवाहबारे पनि जानकारी दिएकी छन् । उनका अनुसार, यसै वर्ष विवाहको तयारी भइरहेको छ ।
उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’ स्रोतले दिएको जानकारी अनुसार, डा. उदिप आउँदो मंसिर अन्तिमसम्म आँचललाई आफ्नो घर भित्राउने तयारीमा छन् । अहिले आँचल कुनै फिल्ममा व्यस्त नभएका कारण पनि बिहेका लागि मंसिर महिना रोजिएको स्रोत बताउँछ । तर, अहिलेसम्म विवाहको मिति टुंगो लागेको छैन ।
फेसबुकको माध्यमबाट प्रेमी उदिपसँग जोडिएकी आँचलको नाम यसअघि अभिनेता पल शाहसँग जोडिएको थियो । ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ फिल्ममा डेब्यू गरेका दुईले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि काम गरेका थिए । उनीहरुले साथमा सय बढी भिडियोमा अभिनय गरेका छन् । यसकारण पनि पलसँग आँचलको नाम जोडिएको थियो । तर, कहिल्यै दुईले प्रेम सम्बन्ध स्वीकार गरेनन् ।
आँचलले उदिपसँगको प्रेम सम्बन्ध सार्वजनिक गरेपछि उनलाई पलका फ्यानले सामाजिक सञ्जालमा गाली गलोज गरेका थिए । पललाई धोका दिएको भन्दै उनका फ्यान आँचलमाथि खनिएका थिए । तर, पलले फेसबुकमार्फत् आँचल आफ्नो साथी मात्र रहेको र गाली गलोज नगर्न आफ्ना फ्यानलाई आग्रह गरे । आँचलले पललाई आफ्नो विवाहको निमन्त्रणा कार्ड पठाउने बाचा गरेकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस