काठमाडाैं-अभिनेता अभिषेक नेपाल अभिनीत दोस्रो फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ । ‘पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने सिद्धान्त बोकेका तीन बेरोजगार पात्रको कथामा फिल्म आधारित छ ।
फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनी स्वयंले लेखेका हुन् । फिल्ममा अभिनेता नेपालसँगै समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राजलगायतका कलाकारहरुको अभिनय छ । रेनु राना, दिपक खतिवडा र रुपक थापाको लगानीमा फिल्म बनेको हो ।
आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको निर्देशक योञ्जन बताउँछन् । बुधबार राजधानीमा आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने, ‘उत्कृष्ट फिल्म बनाउन स्टारकास्ट चाहिन्छ भन्ने छैन । कथा र पात्र सबल भएमा फिल्म राम्रो बन्छ । ‘१२ सत्ताइस’ ले दर्शकको मन जित्नेमा ढुक्क छौं ।’
ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा बनेको फिल्मको सह-निर्माता गौतम शाह रहेका छन् । फिल्ममा दीपक आर्जेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्यांगदेनको छायांकन छ । अभिनेता अभिषेक नेपालले ‘१२ सत्ताइस’ राम्रो बनेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस