काठमाडाैं– गएको असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ ले यस वर्षको बैशाखदेखि कात्तिक तेस्रो सातासम्म प्रदर्शनमा आएका फिल्ममध्ये सबैभन्दा ठूलो कमाई गर्न सफल भएको कलाकार तथा निर्माता दीपकराज गिरीले दाबी गरेका छन् । उनले बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै फिल्म यो वर्षको सबैभन्दा ठूलो ग्रसर साबित भएकोमा खुसी व्यक्त गरे । तर, उनले फिल्मको कलेक्सन खुलाएका छैनन् ।
छ माया छपक्कै’ ले प्रदर्शनको ३४ दिनसम्ममा १३ करोडको कमाएकाे अनुमान गरिएकाे छ। असोज ३ गतेबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको ५१औं दिनसम्ममा १४ करोड छापेको वितरक कम्पनी स्टेशन फाइभले दाबी गरेको छ । यो हेर्दा, दुई फिल्मको निर्माण टिमबीच आफ्नो फिल्मले सबैभन्दा धेरै कमाएको देखाउने होडबाजी देखिएको छ ।
यद्यपि, ‘कबड्डी कबड्डी कबड्डी’ को लाइफटाइम कलेक्सन सत्य नै भए पनि ‘छ माया छपक्कै’ ले प्रदर्शनको ५१ दिन अगावै यो आँकडा पार गर्ने निश्चित छ । ३५ दिनमा प्रदर्शनरत यो फिल्मको लाइफटाइम कलेक्सन १५ करोडको आसपास हुने अनुमान गरिएको छ । शुक्रबारबाट पाँचौ हप्तामा प्रदर्शन आरम्भ गर्न लागेको फिल्म अझै दुई दर्जन बढी सिंगल थिएटरमा प्रदर्शनरत छ । भने, मल्टीप्लेक्सहरुमा पनि राम्रो सोज पाइरहेको छ ।
रोहित अधिकारी निर्मित ‘छ माया छपक्कै’ ले प्रदर्शनको सुरुवाती दिनमा मल्टीप्लेक्समा न्यून सोज पाएको थियो । बलिउडको ठूलो फिल्म ‘वार’ का कारण फिल्मले अपेक्षाअनुसार सोज पाउन सकेकोे थिएन । तर, ‘वर्ड अफ माउथ’ बलियो भएपछि यो फिल्म ‘वार’ का लागि नै थ्रेट बनेको थियो । समीक्षकबाट राम्रो तारिफ बटुलेको फिल्ममा राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको छ । फिल्मको निर्देशन सल्लाहकारमा दीपाश्री निरौला रहेकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस