काठमाडाैं-हरेक फिल्मबाट अभिनयको आलोचना खेप्दै आएका नायक पल शाह अहिले आफू अभिनीत सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा व्यस्त छन् । सुदर्शन थापा निर्देशित फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री पूजा शर्मा छिन् । फिल्म आउँदो फागुन २३ गते प्रदर्शनमा आउँदैछ ।
यो फिल्मभन्दा अगाडि उनले २० लाख पारिश्रमिक लिएर ‘वितेका पल’ फेम्ड निर्देशक सुरज सुब्बा ‘नाल्बो’ निर्देशित फिल्म ‘हृदय भरी’ गरेका थिए । यसको छायांकन सकिएको महिनौं भइसक्यो । तर, अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन । निर्माण टिमले गएको भदौ २७ गतेलाई फिल्मको रिलिज जुराएको थियो । तर, कात्तिक सकिँदासम्म पनि फिल्म प्रदर्शन हुने अत्तोपत्तो छैन ।
यसमा पलले एक पोल्ट्रिफार्म सञ्चालन गर्ने युवकको भूमिका निभाएका छन् । ‘हृदय भरी’ मा पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गरेकी छन् । यो फिल्मबाट श्रद्धा क्षेत्रीले डेब्यु गर्दैछिन् । पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि छिन् । नीर शाह, सुनिल थापा, सलोन बस्नेतको पनि अभिनय रहेको फिल्म कहिले रिलिज हुने हो ? दर्शकमा चासो छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस