काठमाडौँ : विवाहित महिलाहरुबीच सिंगापुरमा सम्पन्न अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१९ मा नेपालको तर्फ बाट प्रनिधित्व गरेका सहभागीले उपउापधि चुमेका छन्।
टिकेएस एण्ड सन्स, सिंगापुरद्धारा आर्किड कन्ट्री क्लबमा आयोजित मिसेस इन्टरनेशल २०१९ मा यस वर्ष रिवन इन्टरटेनमेन्टद्वारा केहीअघि राजधानीमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१९ की सेकेण्ड रनर्सअप स्नेहा राउत थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। मिसेस इन्टरनेशनल २०१९ की विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टाको मासु च्यातिएकाले यस वर्ष उनी यो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि रिवन इन्टरटेनमेन्टले सेकेण्ड रनर्सअप स्नेहालाई नेपालबाट सहभागी गराएको हो। त्यसै गरी रिवन इन्टरटेनमेन्टकै पहलमा दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस व्युटीफुल नेपाल २०१८ की विजेता संगीता न्योपानेलाई सो प्रतियोगिता अन्तर्गतको एमएस इन्टरनेशनलमा नेपालका तर्फबाट प्रतिनिधित्व गराइएको थियो।
सिगापुरको सो प्रतियोगितामा स्नेहाले वेस्ट पोर्टफोलियो अचिभमेन्ट, इन्टरनेशलन टरिजम एम्बेस्डर र सुपरमोडलको उपउपाधि चुमेकी छिन्। त्यसै गरी संगीताले मिसेस इन्टरनेशनल एलिगेन्स व्युटीको उपउपाधिलाई आफ्नो बनाएकी छिन्। कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका स्नेहा र संगीता दुबैजना हालै काठमाडौं फर्केका छन्। आयोजक निशु झाका अनुसार प्रतियोगिता ९ दिनसम्म चलेको थियो। प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरुलाई सिंगापुरका साथमा मलेशिया र इन्डोनेसियका विभिन्न पर्यटकीय स्थलको भ्रमणसमेत गराइनेछ।
प्रतियोगितामा लाटभियाकी ओल्गा एन्ड्रीले मिसेस इन्टरनेशनल २०१९ को उपाधि चुमेकी थिइन् भने मलेशियाकी प्रेभिता राजा मिसेस एसिया प्यासिफिक भएकी थिइन्। उनलाई अघिल्लो वर्षकी मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ विजेता चन्दा थापा गिरीले ताज पहिराई दिएकी थिइन्। चन्दाले मिसेस नेपाल इन्टरनेशनल २०१८ भएवापत सो प्रतियोगितामा स्पर्धा गर्दै मिसेसे एसिया प्यासफिक इन्टरनेशनल २०१८को उपाधि चुमेकी थिइन्। गिरीले फ्रेन्डली इन्टरनेशन उप उपाधि पनि चुमेकी थिईन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस