काठमाडाैं-घोषित मितिबाट दुई हप्ता पछाडि ‘घामड शेरे’ फिल्मले मल्टीप्लेक्समा अपेक्षाकृत सो पाएपनि दर्शकले पत्याएनन्। फिल्मले प्रदर्शनको एक हप्तामा करोडको आँकडा पनि छुन नसकेको जानकारी प्राप्त छ । बरु, ‘घामड शेरे’ भन्दा पाँचौ हप्तामा पनि फिल्म ‘छ माया छपक्कै’ को व्यापार राम्रो छ।
निर्देशक टर्न अभिनेता बस्नेत र अभिनेत्री स्वस्तिमाको नामले फिल्मको व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास निर्देशक विसीलाई थियो । यही भरोसामा उनले निश्चललाई २० लाख पारिश्रमिकमा फिल्म साइन गराएका थिए । तर, हलमा न निश्चल न त स्वस्तिमाकै क्रेज देखियो । ‘घामड शेरे’ नचलेपछि पर्दामा श्रीमान्-श्रीमती एकअर्काका लागि नफापेको भन्दै टिका-टिप्पणी भैरहेको छ ।
फिल्मले बक्सअफिसमा आफ्नो जादू देखाउन नसक्नुको प्रमुख कारण कमजोर ‘वर्ड अफ माउथ’ हो । विदेशमा कमाएको पैसाले गाउँमा किनेको खेत खोलाले बगाएपछि खोलालाई नै मुद्धा हाल्ने ‘शेरे’ पात्रको कथामा फिल्म आधारित छ । फिल्मले उठाएको विषयवस्तु राम्रो भए पनि कथाभित्रको कथा अर्थात् पटकथा बलियो नहुँदा दर्शक २ घण्टा हलमै मोबाइल चलाउन बाध्य हुन्छन्।
‘घामड शेरे’ ले हलमा घुँडा टेकेपछि निर्देशक विसीलाई अभिनेता अनमोल केसी नै फापेको चर्चा परिचर्चा सुरु भएको छ । ‘होस्टेल’ बाट अनमोलले नायक र हेमराजले निर्देशकको रुपमा डेब्यू गरेका थिए । यो फिल्म राम्रो चलेपछि दुईको सहकार्य ‘जेरी’ र ‘गाजलु’ मा भयो । यी दुई फिल्मले पनि नाफाको व्यापार गरे। तर, यसपछि हेमराज र अनमोलको सम्बन्ध विग्रियो।
निर्देशक विसीले अनमोलबिना ‘घामड शेरे’ सहित ‘सम्बोधन’, ‘ग्यांगस्टार ब्लूज’ र ‘द ब्रेकअप’ गरि चार फिल्म बनाए । तर, कुनै चलेनन् । अनमोलसँग हिट फिल्ममा ह्याट्रिक गरेका निर्देशक विसीले अरु कलाकारसँग काम गर्दा सफलता पाउन सकेका छैनन्। उनी चाँडै अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्कालाई लिएर फिल्म बनाउँदैछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस