काठमाडौँ : वलिउडका प्रख्यात गायक, र्यापर,डिजे तथा संगीतकार ‘नक्स आर्टिस्टे’ नेपाल आउने भएका छन । नोवेम्बेर २२ मा गायक अमित मिश्राको कार्यक्रम हुनु पर्ने ठाउमा हुन नसकेको कारणले नक्स आर्टिस्टेलाइ नेपाल बोलाइएको आयोजक सस्थाकि कोफाउन्डर सन्ध्या बस्नेतले बताईन । अमित मिश्राको व्यक्तिगत समस्याको कारण नोवेम्बेर २२ मा हुने भनिएको उक्त कार्यक्रम हुन नसकेकोले आयोजक पक्ष पनि निकै दुखि छन्, तर नेपाली श्रोताको भावनालाई मध्यनजर गरेर आकस्मिक रुपमा उक्त दिनकोलागि अर्का चर्चित गायक ‘नक्स आर्टिस्टे’लाई बोलाइएको जानकारी आयोजक पक्षले गराएका छ । तर अमित मिश्राको उक्त कार्यक्रम भने चाडैनै हुने भन्ने बारेमा आयोजक पक्ष बिस्वस्त छन् र आफ्ना दर्शक वर्ग लाई बिस्वस्त रहन आग्रह पनि गरेका छन् ।
‘नक्स आर्टिस्टे’का साथमा नेपालका चर्चित गायक नबिन के भट्टराई र उनको ब्याण्ड अतृप्तको पनि प्रस्तुति रहने छ ।नबिन के भट्टराई नेपाली संगीत जगतका ख्यातिप्राप्त गायक हुन् ।
गायक भट्टराईका अधिकांस गीतहरु सुपर हिट रहेका छन्। यहि नोवेम्बर २२ तारीक शुक्रबारका दिन वेलुकी दरबार मार्गमा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लबमा वलिउडका ‘नक्स आर्टिस्टे’’ र नेपालका नबिन के भट्टराईले आफ्ना विभिन्न हिट गितहरु प्रस्तुत गर्ने छन्’ र उनीहरुको साथसाथै भारत बाट डिजे मनीको पनि प्रस्तुति रहने छ ।
छोटै समयमा ख्याती कमाएका नक्स आर्टिस्ट बलिउडमा ख्यातीप्राप्त कलाकारको रुपमा चिनिन्छन । उनि भारतका चर्चित र्यापर राफ्तारको लागि संगीत बनाउने काम गर्छन र साथै टी -सीरिज़ कम्पनिको लागि पनि अधिकारिक हिपहप संगीतकारको रुपमा काम गर्छन।
नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली.ले आयोजना गर्न लागेको यस कार्यक्रमले पर्यटन वर्ष २०२० लाई पनि धेरै टेवा पुर्याउने अनुमान गरिएको कम्पनीका सी.ई.ओ आशिस लामिछाने बताउछन् ।
नक्स आर्टिस्टेले संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण पनि गर्ने छन् र साथसाथै उनको आफ्नो नया म्युजिक भिडियो मा पनि नेपालका यहि स्थललाई लक्षित गरेर उनले भिडियो सम्प्रेसन गर्ने छन् र जस्को प्रसारण संसारभरि गरिने छ । उनको युट्युब एकाउन्टमा तिस लाख फलोवोर्स छन् जसको कारणले नेपालमा खिचिएको उक्त म्युजिक भिडियोले नेपाललाई संसारमा चिनाउन ठुलो टेवा पुर्याउने छ।
उनले २०१२ देखि २०१९ सम्ममा देश र विदेश गरि ६०० भन्दा बढी कार्यक्रमहरू गरिसकेका छन्, । नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली.ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट समेत हुने आयोजक पक्षले जानकारी दिएका छन्।
यस कार्यक्रम बाट उठेको रकम मध्ये केहि प्रतिसत च्यारिटी सहयोग अर्थात् टुहुरा बालबालिकामा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी गराएका छन्। यस कार्यक्रममा सिने जगत, संचारकर्मी ,कलाकारिता क्षेत्र,सामाजिक क्षेत्र र ब्यबसायिक क्षेत्रका बिसिस्ट पात्रहरुको बाक्लो उपस्थिति रहने छ । यस कार्यक्रममा सहभागी भई अनाथ बालबालिकाहरुको सामाजिक सहयोगार्थ योगदान गर्नको लागि भने चाही इच्छुक महानुभावले टिकट खरिद गरेर कार्यक्रम मा प्रवेश गर्नुपर्ने छ ।
टिकट सुल्क साधरण को १००० (एक हजार) र भिआइपि को १५०० (पन्द्र सय) राखिएको छ । निकै सिमित समय रहेकोले आयोजक पक्षले समयमै आफ्नो टिकट किनेर आफ्नो स्थान सुरक्षित राख्न आग्रह समेत गरेका छन् । कार्यक्रम बेलुका ७ बजे बाट सुरु हुनेछ । नेपथ्य इभेन्ट म्यनेजेमेंट प्रा.ली.ले आयोजनागर्न लागेको कार्यक्रमलाई डिजिपे, जालापा फिर्स वाटर, भिजन कन्सन , रिसाउन्ड कफी हाउसले सपोट गरेका छन् । डिजिपे बाट टिकट बुकिंग र खरीद मा ५०% छुटको समेत ब्यबस्था गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस