काठमाडाैं-अभिनेत्री साम्राज्ञी आरएल शाह सोमबारबाट २४ वर्ष पूरा भएर २५ वर्षमा लागेकी छन् । केही वर्षयता ‘नम्बर वान नायिका’ को उपाधिमा रमाइरहेकी उनी पछिल्लो पटक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ मा देखिएकी थिइन् । जुन दशैंमा प्रदर्शनमा आएको थियो ।
फिल्ममा प्रवेश गरेको छोटो समयमा लोभलाग्दो स्टारडम बनाएकी साम्राज्ञीको ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ बक्सअफिसमा सर्वाधिक सफल फिल्म मानिन्छन् । यसपछि उनले गरेका कुनै फिल्मले निर्माताको खल्ती भर्न सकेका छैनन् । प्रायः विवादमा परिरहने उनी गएको केही वर्षदेखि नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांश राणाको प्रेममा छिन् ।
वि.स. २०५२ साल मंसिर २ गते बुबा महेशविक्रम शाह र आमा नेहा राज्यलक्ष्मी शाहको कोखबाट जन्मिएकी साम्राज्ञी अहिलेकी सबैभन्दा डिमान्डेड र महँगी अभिनेत्री हुन् । एकपछि अर्को फिल्म बक्सअफिसमा असफल हुँदा पनि न उनको माग घटेको छ न त पारिश्रमिक नै । उनले एक फिल्मका लागि १६ लाख बुझ्दै आएकी छन् । मेकर पनि उनलाई यो रकम तिर्न सोच्दैनन् ।
‘ड्रिम्स’ मा काम गरेपछि एकाएक लाइमलाइटमा आएकी साम्राज्ञीले ‘ए मेरो हजुर २’ मा सलिनमान बनियाँ, ‘तिमीसँग’ मा आकाश श्रेष्ठ, ‘कायरा’ मा आर्यन सिग्देल, ‘मारुनी’ मा पुष्प खड्का र ‘रातो टीका निधारमा’ मा अंकित खड्कासँग काम गरिसकेकी छन् । उनी अहिलेसम्म कुनै अभिनेतासँग दोहोर्याएर काम नगर्ने अभिनेत्रीमा पर्छिन् । सबै फिल्ममा उनको जोडी फरक-फरक छन् ।
पछिल्ला दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ को असफलताले हच्किएकी उनी चाँडै अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्दैछिन् । हेमराज विसीले निर्देशन गर्न लागेको फिल्ममा पहिलो पटक दुईको जोडी बाँधिन लागेको हो । अब, साम्राज्ञी योभन्दा अगाडि कुनै नयाँ फिल्म साइन गर्ने मनस्थितिमा छैनन् । यो फिल्मबाट उनले निकै ठूलो आश बोकेकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस